हरेक खेलाडीका लागि पदक जितेको पल सबैभन्दा महत्वपूर्ण हुन्छ। अझ स्वर्ण र रजत जितेका बेला उनीहरुको खुसी बेग्लै हुन्छ। तर जितको खुसी मनाइरहेका बेला पदक खोसिए के होला?
पर्वतको मोदी गाउँपालिकामा भएको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा स्वर्ण र रजक जितेका एक विद्यालयका खेलाडीहरुको खुसी क्षणभरमै खोसिएको ।
मोदी गाउँपालिका वडा नं. ७ स्थित पशुपति माद्यमिक विद्यालयका स्र्वण जितेका ५ जना र रजत जितेका ३ जना खेलाडीको पदक केही क्षणमै खोसिएको हो।
खेलाडीको कमजोरीका कारण पदक खोसिएको होइन। विद्यालयले कक्षा ११ र १२ का कुनै पनि विद्यार्थी आइईएमआईएस २०८० इन्ट्री नगरिदिँदा पदक खोसिएको हो।
आयोजक मोदी गाउँपालिकाले प्रतियोगितामा सहभागी हुने विद्यार्थी र विद्यालयले पूरा गर्नुपर्ने सर्तहरुको बुँदा नम्बर २ मा खेलाडी चालु शैक्षिकसत्र २०८० मा कक्षा १२ सम्म नियमित रुपमा अध्ययनरत हुनुपर्ने, विद्यार्थी विवरण आइईएमआईएस २०८० मा इन्ट्री भएको हुनुपर्ने तोकेको थियो।
त्यस्तै १८ वर्ष ननाघेको हुनुपर्ने उल्लेख थियो । यसैगरि राष्ट्रिय परीक्षा बोर्डले आइईएमआईएसमा इन्ट्री गर्न मंसिर २० गतेदेखि नै खुल्ला गरिएको थियो।
विद्यालयको हेलचक्र्याइँका कारण विद्यार्थीको पदक समेत खोसिएपछि सामाजिक सञ्जालमा अभिभावक र स्थानियले आक्रोश पोखेका छन।
आलोचना भइरहँदा विद्यालयका तर्फबाट अन्य विद्यालयको पनि पदक खोसिनुपर्ने भनेर आयोजकसमक्ष उजुरी दिएको छ।
आफ्नो विद्यालयको पदक खोसिएपछि अन्यकोसमेत आईएएमआईएसमा इन्ट्री नभएको सम्बन्धित विद्यालयका शिक्षकबाट जानकारी आएको भनेर छानबिन माग गरिएको छ।
दर्ताको समयमा जम्मा २ विद्यालयले मात्रै तोकिएको समयभित्र टिम दर्ता गरेको र बाँकीले समयभन्दा पछि टिम दर्ता गरेकाले सबै पदक खारेज हुनुपर्ने दाबी यो विद्यालयको छ।
यसअघि विद्यालयको त्रुटिका कारण पाकिस्तानी दूतावासले हरेक वर्ष विद्यालयका २० जनालाई १० हजार दरले नगद तथा एक विद्यार्थीलाई गोल्ड मेडल र ल्याप्टप पाउ बञ्चित भएका थिए।
विद्यालयले समयमै छात्रवृत्ति पाउने विद्यार्थीको नामावली दूतावासमा नबुझाउँदा ४ वर्षदेखि पाउँदै आएको छात्रवृत्ति गुमाएका थिए।
Shares
प्रतिक्रिया