ad ad

खेल


आईसीसी वरीयतामा करण केसीकाे सुधार

आईसीसी वरीयतामा करण केसीकाे सुधार

नेपालखबर
माघ २०, २०७६ सोमबार १०:५४,

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को नयाँ टि–ट्वान्टी वरीयतामा पुर्व कप्तान पारस खड्का र लेग स्पिनर सन्दीप लामिछाने खस्कँदा तीव्र गतिका बलर करण केसीले स्थान सुधार गरेका छन्।

आईसीसीले सोमवार सार्वजनिक गरेको नयाँ टि ट्वान्टी वरीयतामा पारस ब्याटिङतर्फ खस्किएर ६२ औं स्थानमा पुगेका छन्। बलिङतर्फ सन्दीप पनि खस्किँदै ८५ औं स्थानमा पुगेका छन्।

बलिङतर्फ तीब्र गतिका बलर सोमपाल कामी, करण केसी, अभिनास बोहरा र स्पिनर वसन्त रेग्मी शीर्ष एक सय भित्र छैनन्। अलराउन्डरतर्फ करणले सुधार गरेका छन्। नयाँ वरियतामा करण ७५ औं स्थानमा उक्लिएका छन्। सोमपाल कामी ६५ र पारस खड्का २७ औं स्थानमा यथावत छन्।

अलराउण्डरतर्फ अफगानिस्तानका मोहम्मद नावी शीर्ष र अष्ट्रेलियाका ग्लेन म्याक्सवेल दोस्रो स्थानमा छन्।

बलिङतर्फ अफगानिस्तानका स्पिनर राशिद खान शीर्ष स्थानमा यथावत छन्। भारतीय तीब्र गतिका बलर जस्प्रीत बुमराह ११ औं स्थानमा उक्लिएका छन्। ब्याटिङतर्फ पाकिस्तानका कप्तान बाबर अजाम शीर्ष र भारतका लोकेश राहुल दोस्रो स्थानमा छन्। रोहीत शर्मा १० औं स्थानमा उक्लिएका छन्।

टि–ट्वान्टी नयाँ वरियतामा नेपाल १२ औं स्थानमा यथावत छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .