ad ad

खेल


फिफा वर्ष उत्कृष्ट खेलाडी : मेस्सीसँगै एम्बाप्पे र हाल्यान्ड अन्तिम मनोनयनमा

फिफा वर्ष उत्कृष्ट खेलाडी : मेस्सीसँगै एम्बाप्पे र हाल्यान्ड अन्तिम मनोनयनमा

नेपालखबर
मंसिर २९, २०८० शुक्रबार १५:४०, काठमाडौँ

अर्जेन्टिनी स्टार लियोनेल मेस्सीसँगै फ्रान्सका केलियन एमबाप्पे र नर्वेका एर्लिङ हालान्ड वर्ष उत्कृष्ट खेलाडीको अन्तिम मनोनयनमा परेका छन्।

सन् २०२३ को फिफा वेष्ट अवार्डमा पुरुषतर्फ इन्टर मायामीका फरवार्ड मेस्सी, पेरिस सेन्ट जर्मेनका फरवार्ड एमबाप्पे र म्यानचेस्टर सिटीका फरवार्ड हालान्डलाई छनोट गरिएको हो। 

सन् २०२२ को डिसेम्बर १९ देखि सन् २०२३ को २० अगष्टसम्मको प्रर्दशनका आधारमा खेलाडी छनोट गरिएको हो। उनीहरुको प्रर्दशनका आधारमा राष्ट्रिय पुरुष टोलीका प्रशिक्षक, कप्तान, खेल पत्रकार र समर्थकको भोटिङका आधारमा अन्तिम तीन खेलाडीको नाम चयन गरिएको हो। 

महिलातर्फ स्पेन तथा बार्सिलोनाकी मिडफिल्डर एटियाना बोनमाटी, कोलम्बिया तथा रियल म्याड्रिडकी फरवार्ड लिन्डा काइसेडो र स्पेनकी फरवार्ड जेनीफर हर्मोसो वर्षको उत्कृष्ट महिला खेलाडीका लागि मनोनयनमा परेका छन्। 

महिलातर्फ १ अगस्ट २०२२ देखि २० अगस्ट २०२३ सम्मको प्रदर्शनको आधार खेलाडी छनोट गरिएको हो। 

उत्कृष्ट पुरुष गोलरक्षकमा यासिन बोनोउ, थिवाउट कोर्टुवा र एडर्सन तथा महिलातर्फ म्याकेन्जी अर्नोल्ड, क्याटालिना कोल र मेरी इप्र्स छन्। 

पुरुषतर्फको अन्तिम मनोनयनमा प्रशिक्षकमा इंग्लिस क्लब म्यानचेस्टर सिटीका पेप गुआर्डीओला, इटालियन क्लब इन्टर मिलानका सिमोन इन्झागी र इटालियन क्लब नेपोलीका लुसियानो स्पालेट्टी छन्। 

बार्सिलोनाकी जोनाथन जिराल्डेज, चेल्सीकी एम्मा हेस र इंग्ल्यान्डकी सरिना विग्म्यान महिलातर्फको अन्तिम मनोनयनमा पर्न सफल भएका छन्। 

विजेताको घोषणा आगामी १५ जनवरीमा लन्डनमा हुने एक समारोहका बीच गरिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .