ad ad

खेल


एनएसएल : ललितपुर सिटी र झापा एफसीले अंक बाँडे

एनएसएल : ललितपुर सिटी र झापा एफसीले अंक बाँडे

तस्बिर : सरोज नेपाल


नेपालखबर
मंसिर २९, २०८० शुक्रबार १९:१९, काठमाडौँ

नेपाल सुपर लिग (एनएसएल) को ५० औं खेलमा ललितपुर सिटी एफसी र झापा एफसीले बराबरी गर्दै अंक बाँडेका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा शुक्रबार भएको खेलमा ललितपुर र झापाले गोलरहित बराबरी गर्दै अंक बँँडेका हुन्।

बराबरीसँगै लिगमा अपराजित रहेको ललतिपुरले शीर्ष स्थानमा उक्लने मौका गुमायो। लिगमा ६ खेल खेलेको ललितपुरले २ खेलमा जित र ४ खेलमा बराबरी गर्दै अंक तालिकामा १० अंक जोडेको छ।

उता झापाले भने ६ खेलमध्य १ खेलमा जित, ४ खेलमा बराबरी र १ खेलमा हार भोग्दै सात अंकमा पाँचौ स्थानमा उक्लिएको छ। समान खेलबाट बुटवल लुम्बिनी एफसीसँग बराबरी सात अंक भएपनि हेड टु हेडमा अघि रहँदै एक स्थान माथि उक्लिएको हो।

खेलको ६२ औं मिनेटका ललितपुरका दिनेश हेन्जनले डिबक्स नजिकबाट हानेको प्रहार क्रसबारको नजिकबाट बाहिरियो।

५७ औं मिनेटमा झापाका आवास लामिछानेको पासमा अञ्जन विष्टको प्रहार आकाशियो। ४७ औं मिनेटमा ललितपुरका पापा ओबोउको हेडर पोष्टको माथिबाट बाहिरियो।

३८ औं मिनेटमा ललितपुरका निखिल सुरेसरावोको क्रसमा इमोन इजिकेइलको हेडर पहिलो बारको नजिकबाट बाहिरियो।

लिगमा शनिबार दुई खेल हुनेछ। भोलिको पहिलो खेलमा पोखरा थन्डर्स र विरगन्ज युनाइटेड एफसी भिड्नेछन्। सो खेल दिउँसो १ बजे सुरु हुनेछ। शनिबारकै अर्को खेलमा स्पोर्टिङ इलाम एफसी र एफसी चितवन खेल्नेछन्। सो खेल साँझ ५ बजे हुनेछ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .