ad ad

खेल


इंग्लिस प्रिमियर लिग: साविक विजेता सिटी प्यालेससँग बराबरी

इंग्लिस प्रिमियर लिग: साविक विजेता सिटी प्यालेससँग बराबरी

नेपालखबर
पुस १, २०८० आइतबार ११:५०, काठमाडौँ

इंग्लिस प्रिमियर लिगमा शनिबार राति साविक विजेता म्यानचेस्टर सिटी  क्रिस्टल प्यालेससँग बराबरीमा रोकिएको छ। 

स्ट्राइकर एर्लिङ हालान्डबिनै मैदान उत्रिएको सिटी क्रिस्टल प्यालेससँग २–२ को बराबरीमा रोकिएको हो। 

खेलको सुरुवातमा २–० ले अग्रता बनाएको सिटी अन्त्यमा सम्हालिन नसक्दा अंक बाँड्न बाध्य भयो। 

खेलको २४औँ मिनेटमा ज्याक ग्रिलिसको गोलमा सिटीले अग्रता बनाएको थियो। फिल फोडेनको पासमा ग्रिलिसले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। 

खेलको ५४औँ मिनेटमा रिको लुइसको गोलमा सिटीले अग्रता दोब्बर पार्‍यो। तर अन्त्यमा सम्हालिन नसक्दा खेलको ७६औँ मिनेटमा मटेटाको गोलमा प्यालेसले खेललाई २–१ को अवस्थामा ल्यायो। 

इन्ज्युरी समयको पाँचौँ मिनेटमा पेनाल्टी गोलमा प्यालेसले बराबरी गर्ने मौका पायो। सिटीका फोडेनले मटेटालाई बक्स भित्रबाट फउल गरेपछि प्यालेसले पेनाल्टी मौका पाएको थियो। जुन अवसरमा माइकल ओलिसेले सहजै गोल गर्दै सिटीसँग अंक खोसे। 

बराबरी पछि १७ खेलमा ३४ अंक भएको सिटी चौथो स्थानमा यथावत् छ। समान खेलबाट १७ अंक बनाएको प्यालेस भने १५औँ स्थानमा छ।

गएरातिकै खेलमा न्यु क्यासलले फुलहामलाई ३–० ले हराएको छ। जितसँगै न्यु क्यासल छैटौँ स्थानमा उक्लिएको छ। पराजित फुलहाम ११औँ स्थानमा झरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .