नेपाल सुपर लिग (एनएसएल) मा बुधबार धनगढी एफसी र झापा एफसी भिड्दैछन्।
खेल त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा साँझ ५ बजे सुरु हुनेछ।
धनगढीले आजको खेलमा जित निकाले प्लेअफमा स्थान पक्का गर्नेछ। लिगमा अपराजित रहेको धनगढी झापालाई हराउँदै अपराजित रहेर एक खेलअगाावै प्लेअफमा स्थान सुरक्षित गर्न चाहन्छ।
लिगका ६ मध्ये समान ३ खेलमा जित र बराबरीको नतिजा निकालेको धनगढी १२ अंकमा दोस्रो स्थानमा छ।
एक खेल बढी खेलेको पोखरा १४ अंकमा तालिकाको शीर्ष स्थानमा छ।
यता झापालाई भने प्ले अफ सम्भावना जीवित राख्न आजको खेलमा जित निकाल्नै पर्ने दबाब छ।
झापाले लिगका ६ खेलमा १ खेलमा मात्र जित निकालेको छ। चार खेलमा बराबरी र १ खेलमा हार भोगेको झापा ७ अंकमा छैटौं स्थानमा छ।
6
Shares
प्रतिक्रिया