ad ad

खेल


प्रधानमन्त्री कप महिला टी-२० आजदेखि, पहिलो दिन ४ प्रतिस्पर्धा

प्रधानमन्त्री कप महिला टी-२० आजदेखि, पहिलो दिन ४ प्रतिस्पर्धा

नेपालखबर
पुस ५, २०८० बिहिबार ८:१०, काठमाडौँ

प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय प्रतियोगिता आज (बिहीबार) सुरु हुँदै छ। 

प्रतियोगिताको पहिलो दिन आज चार खेल हुँदै छन्। जसअन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा दुई/दुई खेल हुनेछन्। 

त्रिवि मैदानमा हुने पहिलो खेलमा बागमती प्रदेश र मधेश प्रदेश भिड्नेछन्। सो खेल बिहान साढे ९ बजे सुरु हुनेछ। सोही समयमा मूलपानी मैदानमा एपीएफ र सुदूरपश्चिम प्रदेश खेल्नेछन्। 

यस्तै दोस्रो खेलमा त्रिवि मैदानमा गण्डकी प्रदेश र लुम्बिनी प्रदेश तथा मूलपानीमा कर्णाली प्रदेश र कोशी प्रदेश आमनेसामने हुनेछन्। 

पीएम कपका लागि सहभागी आठै टोलीले टिम घोषणा गरिसकेका छन्। 

यसअघि पीएम कपमा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरेर स्पर्धा हुने गरेको थियो। समूहका शीर्ष दुई टोलीले सिधै सेमिफाइनल खेल्ने गरेका थिए। 

तर यसपटक नेपाल क्रिकेट संघ (क्यान) ले महिला खेलाडीलाई एक्सपोजर दिन पहिलोपटक राउन्ड रोविनका आधारमा खेल खेलाउँदै छ। प्रतियोगितामा सहभागी सबै टोलीले एकअर्कासँग खेल्नेछन्। 

राउन्ड रोविनमा हुन लागेको पीएम कपमा लागि सहभागी टोलीका खेलाडीहरु उत्साहित छन्। यसले महिला खेलाडीको एक्सपोजरमा सघाउ पुग्ने टोलीका कप्तानहरुले बताएका छन्। यो पटक प्रदेशका टोलीमा नयाँ खेलाडीले स्थान बनाएका कारण पनि उनीहरुका लागि सम्भावनाको ढोका खोल्ने मौका रहेको कप्तानहरुको बुझाइ छ। 

पहिलोपटक राउन्ड रोविनमा हुन लागेका कारण नयाँ सबै खेलाडीले मौका पाउने एपीएफकी कप्तान सीता राना मगर सुनाउँछिन्। पहिला एक/दुई खेल खेलेर फर्कने गरेकोमा यो पटक राउन्ड रोविनले गर्दा सबै टोलीले धेरै खेल खेल्न पाउने कोशीकी कप्तान रुविना क्षेत्री बताउँछिन्। 

रुविना र सीताका भनाइमा मधेश प्रदेशकी कप्तान कविता गौतम र कर्णालीकी कप्तान किरण कुँवर, सुदूरपश्मिकी कप्तान रितु कर्नाजिया पनि सहमत छन्। पीएम कपका लागि बागमती प्रदेशले १ महिनादेखि तयारी गरिरहेको थियो। त्यसैले आफूहरु राम्रो खेल प्रस्तुत गर्नेमा कप्तान अश्मिना कर्माचायै ढुक्क छिन्। 

गण्डकी प्रदेशकी कुसुम गोदार र लुम्बिनीकी कप्तान सरस्वती घर्तीमगर टोलीमा नयाँ र युवा खेलाडी रहेका कारण यो प्रतियोगिताले उनीहरुलाई सघाउ पुग्ने विश्वास गर्छन्। 

यो पटक पीएम कपमा सहभागी आठ टोलीले कम्तीमा सात खेल खेल्न पाउनेछन्। राउन्ड रोविनपछि शीर्ष चारमा रहने टोली प्लेअफमा पुग्नेछन्। प्ले अफमा पुगेका शीर्ष दुई टोलीले पहिलो क्वालिफायर खेल्नेछन्।

तेस्रो र चौथो स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछन्। पहिलो क्वालिफायरको विजेताले सिधै फाइनलमा स्थान बनाउनेछ। पराजित टोलीले भने एलिमिनेटर खेलको विजेतासँग फाइनल पुग्न दोस्रो क्वालिफायर खेल्नेछ।  

फाइनलमा पहिलो र दोस्रो क्वालिफायरका विजेता उपाधिका लागि भिड्नेछन्। फाइनल खेल यही पुस १७ गते हुनेछ। 

पीएम कपमा सहभागी हुने टोली :

एपीएफ
सीताराना मगर (कप्तान) इन्दु बर्मा, सरिता मगर, करुणा भण्डारी, बिनु बाढामगर, सोनु खड्का, रेखा रावल, ममता चौधरी, रोमा थापा, नेरी थापा, राजमति ऐरी, मञ्जु बोकटी, ज्योति पाण्डे र सुमन विष्ट

कोशी प्रदेश 
रुविना क्षेत्री (कप्तान), काजोल श्रेष्ठ, अप्सरी बेगम, संगिता राई, सबनम राई, रिया शर्मा, बिमला महला, लखिता राजवंशी, बन्दना राजवंशी, नमिता श्रेष्ठ, सनु राजवंशी, काजोल राजवंशी, एलिसा खडिया र निशा शाह

मधेश प्रदेश 
कविता गौतम (कप्तान), अनुराधा चौधरी, एलिसा यादव, प्रतिमा शाह, साना प्रविन, सबनम खातुन, मीना महतो, पूजा महतो, साक्षी यादव, रोजी कडारी, भूमि सिंह, आरती महतो, सरस्वती चौधरी र चाँदनी खातुन

बागमती प्रदेश
अश्मिना कर्माचार्य (कप्तान), सोनी पाख्रिन, कञ्चन श्रेष्ठ, खुशी डंगोल, हेलिसा गुरुङ, अस्मिता खरेल, कृष्मा गुरुङ, संस्कृति फुयाँल, सलिना सिलवाल, सबिका कुमारी यादव, यशोदा विष्ट, विपिशा शाही, मनिषा उपाध्याय र यशु पाण्डे

गण्डकी प्रदेश
कुसुम गोदार (कप्तान), अञ्जली विश्वकर्मा, सिमाना केसी, सिर्जना पौडेल, सृष्टि जैशी, सुमन खतिवडा, ज्योत्सिन्का मरासिनी, निरु जिटी, आकृती तिवारी, शिला रेग्मी क्षेत्री, श्रेया शर्मा, धनकुमारी चौधरी, रचना चौधरी र अर्मिन अधिकारी

लुम्बिनी प्रदेश 
सरस्वती घर्तीमगर )कप्तान), कृतिका मरासिनी (उपकप्तान), मधु डिसी, शर्मिला रोका मगर, कमला घर्ती मगर, सुष्मिता भुसाल, आश्मा पुलामी, कृति अधिकारी, रञ्जु श्रेष्ठ, सुश्मिता बजगाईं, चमेली चौधरी, मनिषा राना र सरस्वती पुन

कर्णाली प्रदेश
किरण कुमारी कुँवर (कप्तान), अञ्जु गुरुङ, बिना थापा, तिर्सना विश्वकर्मा, एन्जिला थापा, रमा विश्वकर्मा, यमुना थारु, निकिता धमला, निलम शाही, विमला बुढाथोकी, सुराती बुढा, रक्षा खड्का, गौरी बोहरा र करिष्मा शाही 

सुदूरपश्चिमको टोली
ऋतु कनौजिया (कप्तान), विन्दु रावल, कविता जोशी, सम्झना खड्का, सोभा रोकाया, अनु कठायत, सावित्री धामी, लक्ष्मी साउद, मनिषा चौधरी, राधिका पुजारा, रेवती धामी, ईश्वरी विष्ट, जानकी थापा र रुवि पोदार 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .