नेपाली राष्ट्रिय फुटबल टिमका गोलरक्षक विशाल श्रेष्ठले संन्यास घोषणा गरेका छन्।
चितवन एफसीका गोलरक्षक समेत रहेका विशालले नेपाल सुपर लिगको अन्तिम खेलपछि संन्यास घोषणा गरेका हुन्।
‘१० वर्ष खेलिसकियो। अब नयाँ पुस्ता पनि आयो,’ आज झापा एफसीविरुद्धको खेलमा प्लेयर अफ द म्याच चुनिएका विशालले भने, ‘यो गलत समय होला तर मैले अवकाश लिइसकेँ। राष्ट्रिय टोलीबाट खेल्न पाएकामा सधैँ खुशी छु।’
राष्ट्रिय टोलीमा परेको १० वर्षमा विशालले राष्ट्रिय टिमका तर्फबाट डेब्यु गरेका थिए।
‘नयाँ पुस्ता आएको छ। अब मैले बिदा हुने समय आएको जस्तो लाग्यो,’ उनलेे भने, ‘फर्ममै हुँदा छाड्दा ठिकै लागेको छ। मेरो राम्रो क्षण भनेको २०२१ को डेब्यु थियो’उनले सन्यासका क्रममा अर्का गोलरक्षक किरण चेम्जोङलाई पनि सम्झिए।
यदि लिग नियमित भए आफूले क्लब फुटबललाई निरन्तरता दिने पनि उनलेे बताए।
129
Shares
प्रतिक्रिया