ad ad

खेल


एनएसएल : बुटवल र वीरगन्जको पहिलो हाफ गोलरहित बराबरी

एनएसएल : बुटवल र वीरगन्जको पहिलो हाफ गोलरहित बराबरी

नेपालखबर
पुस ७, २०८० शनिबार १३:५८, काठमाडौँ

नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत अहिले भइरहेको पहिलो खेलमा एफसी बुटवल लुम्बिनी र वीरगन्ज युनाइटेड एफसीले पहिलो हाफमा बराबरी खेलेका छन्। 

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा जारी प्रतिस्पर्धामा पहिलो हाफमा दुवै टोली गोलरहित बराबरी अवस्थामा रहेका हुन्।

खेलको११औँ मिनेटमा वीरगन्जका ओवेड ओसुउको प्रहार सेकेन्ड बारको नजिकबाट बाहिरियो। 

२५औँ मिनेटमा वीरगन्जका सुशील लामाको कर्नर प्रहारले पोस्टको गति लिन सकेन। ३२औँ मिनेटमा सीमान्त थापाको पासमा पेनाल्टी एरियाबाट ओवेड ओसुको हेडर सेकेन्डबारको नजिकबाट बाहिरियो। 

३६औँ मिनेटमा बुटवलका एरिक विष्टको प्रहार वीरगन्जका गोलरक्षक दीप कार्कीले रोके। 

पहिलो हाफको इन्ज्युरी समयमा डिबक्स भित्रबाट बुटवलका आशिष चौधरीको फितलो प्रहार पोस्टको माथिबाट बाहिरियो। 

प्लेअफ चरणबाट बाहिरिसकेको बुटवल शनिबार प्रतिष्ठाका लागि खेल्दै छ।

वीरगन्जले आज बुटवललाई जिते प्लेअफमा सम्भावना बाँकी रहनेछ। त्यसका लागि आजै हुने लिग चरणको अन्तिम खेलमा काठमाडौँ रेजर्स र ललितपुर सिटी एफसीबीचको खेलको नतिजा कुर्नुपर्ने हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .