प्रधानमन्त्री कप महिला टी-२० क्रिकेट प्रतियोगिता जारी खेलमा कप्तान सरस्वती जीएमको अर्धशतकमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशसामु १ सय ३४ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ३३ रनको योगफल तयार पारेको हो।
कप्तान सरस्वती ५३ रनमा नटआउट रहिन्। उनले ६२ बलमा ७ चौका हानिन्।
चौथो विकेटका लागि कप्तान सरस्वती जीएम र चमेली चौधरीले ४८ रनको साझेदारी गरे। चमेली १८ रन बनाउँदा क्याच आउट भइन्।
आश्मा पुलामी मगर २५ रनमा रश्मी खड्काको बलमा बोल्ड भइन्। आश्माले २५ बलमा ३ चौका प्रहार गरिन्।
ओपनर लक्ष्मी चौधरी ४ रनमा बोल्ड आउट भइन्। सरस्वती पुन ३ रनमा रनआउट भइन्।
कर्णालीका लागि यमुना थारु, रश्मी खड्का र त्रिसना विश्वकर्माले समान एक विकेट आफ्नो नाममा गरे।
सोही समयमा भएको अर्को खेलमा मधेश प्रदेशले गण्डकी प्रदेशसामु १ सय १३ रनको लक्ष्य प्रस्तुत गरेको छ।
माथिल्लो मुलपानी क्रिकेटमा मैदानमा गण्डकीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको मधेशले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १२ रनको योगफल तयार पारेको छ।
मधेशकी ओपनर पुजा महतो ३८ रनमा रन आउट भइन्। ४३ बलको सामना गरेकी महतोले ५ चौका हानिन्।
सरस्वती कुमारी २६ र रोजी कडारी २ रनमा नटआउट रहे। प्रतिमा शाह १० रनमो बोल्ड आउट भइन्। अनुराधा चौधरीले ९ रन थपिन्। एलिसा यादव ५ रनमा बोल्ड भइन्।
मधेशका ३ ब्याटर शुन्य रनमा पवेलियन फर्के।
गण्डकीका लागि सुमन खतिवडा एक्लैले तिन विकेट लिइन्। उनले २ ओभरमा मात्र १० रन खर्चिइन्।
कुसुम गोदार र सृष्टि जैसीले समान एक विकेट लिए।
Shares
प्रतिक्रिया