ad ad

खेल


प्रधानमन्त्री कप महिला टी२०मा सुदूरपश्चिमको तेस्रो जित

प्रधानमन्त्री कप महिला टी२०मा सुदूरपश्चिमको तेस्रो जित

नेपालखबर
पुस ९, २०८० सोमबार १६:१९, काठमाडौँ

बागमती प्रदेशलाई हराउँदै सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला टी २० क्रिकेट प्रतियोगितामा तेस्रो जित निकालेको छ। 

बागमतीले भने जारी प्रतियोगितामा दोस्रो हार व्यहोरेको हो। बागमतीले दिएको ८८ रनको मध्यम लक्ष्य सुदुरपश्चिमले ६ बलअगावै ४ विकेटको क्षतिमा भेट्टायो। 

सुदूरपश्चिमकी लागि विन्दु रावल २८ रनमा एलबीडब्लु धरापमा परिन्। कविता जोशी २७ र रेवती धामी १ रनमा नटआउट रहे। कविताले २२ बलमा चार चौका प्रहार गरिन्। 

ओपनर रुवी पोडार ९ र अनु कठायत १ रनमा आउट भए। सम्झना खड्का ७ रन बनाउँदा बोल्ड आउट भइन्। बागमतीका लागि अश्मिना कर्माचार्य र सोनी पाख्रिनले समान एक विकेट झारे।त्यसअघि टस जितेर ब्याटिङ गरेको बागमती प्रदेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ८७ रनको योगफल तयार पारेको थियो। 

कन्चन श्रेष्ठले बनाएको १९ रन नै बागमतीका लागि सर्वाधिक रह्यो। हेलिसा गुरुङले १६ रन थपिन्। सोनी पाख्रिनले १२ र सलिना सिलवालले १० रन थपे। 

सुदूरपश्चिमका लागि लक्ष्मी साउद र कविता जोशीले समान २ विकेट लिए। जानकी थापा र मनिषा चौधरीले समान १ विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .