बेलायती अर्बपति सर जिम र्याटक्लिफले चर्चित इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडको २५ प्रतिशत सेयर किन्ने भएका छन्।
उनले १.३ अर्ब डलरबराबरको क्लब स्वामित्व लिन लागेको बीबीसीले जनाएको छ।
योसँगै र्याटक्लिफको इनिअस ग्रुपले फुटबल व्यवसायमा आफ्नो पकड राख्नेछ।
७१ वर्षीय यी अर्बपतिले थप ३० करोड डलर क्लबको ओल्ड ट्राफोर्ड स्टेडियममा लगानी गर्ने समेत बताइएको छ।
हाल उक्त क्लब ग्लेजर परिवारको पूर्ण स्वामित्वमा थियो। १३ महिनाअघि उक्त परिवारले क्लबको केही प्रतिशत स्वामित्व बेच्ने घोषणा गरेको थियो।
ग्लेजर परिवारले सन् २००५ मा ७९ करोड पाउन्ड स्टर्लिङमा उक्त क्लब खरिद गरेको थियो।
क्लबको पूर्ण स्वामित्व खरिदमा कतारका शेख जसिम बिन हमाद अल थानीले पनि इच्छा देखाएका थिए। तर ग्लेजर परिवारले भने क्लबको आंशिक सेयर मात्र बेच्ने अडान लिएपछि र्याटक्लिफले बाजी मारेका हुन्।
Shares
प्रतिक्रिया