ad ad

खेल


एनएसएल : पहिलो क्वालिफायर खेलमा धनगढीविरुद्ध पोखराको अग्रता

एनएसएल : पहिलो क्वालिफायर खेलमा धनगढीविरुद्ध पोखराको अग्रता

तस्बिर : सरोज नेपाल


नेपालखबर
पुस ९, २०८० सोमबार १८:२६, काठमाडौँ

नेपाल सुपर लिग (एनएसएल) को पहिलो क्वालिफायर खेलमा धनगढी एफसीविरुद्ध पोखरा थन्डर्स एफसीले अग्रता बनाएको छ।

त्रिपुरेश्वरस्थित दरशथ रगंशालामा जारी खेलको पहिलो हाफ सकिँदा पोखराले धनगढीविरुद्ध १–० को अग्रता बनाएको छ।

खेलको पाँचौ मिनेटमा नै पोखराले धनगढीविरुद्ध सुरुआती अग्रता बनायो। मोसेस ग्याबाको कर्नरमा आयुष घलानले धनगढीका डिफेन्डर र गोलरक्षकलाई छलाउँदै सुन्दर गोल गरे।

२४ औं मिनेटमा अविशेक गुरुङको क्रसमा अहमद हिजाजीको हेडर नरेन्द्र चौधरीले क्लीयर गरे।

१९ औं मिनेटमा पोखराका आयुष घलानले दिएको लामो पासमा मोसेसको प्रहर सेकेण्डबार नजिकबाट बाहिरियो।

१६ औं मिनेटमा धनगडीका कमल श्रेष्ठको फ्रिकीक पोखराका डिफेन्डरले क्लीयर गरे।

आठौं मिनेटमा आयुष घलानले धनगढीका तीन गोलरक्षकलाई छलाउँदै दिएको ब्याक पासमा दिपेश आलेमगरको प्रहार धनगढीका गोलरक्षक मोहम्मद ताहाले बचाए।

यो खेलको विजेताले सिधै फाइनलमा स्थान बनाउनेछ। पराजित हुने टोलीले भने एलिमिनेटर खेलको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .