ad ad

खेल


पोखरा र धनगढीको खेल अतिरिक्त समयमा धकेलियो

पोखरा र धनगढीको खेल अतिरिक्त समयमा धकेलियो

तस्बिर : सरोज नेपाल


नेपालखबर
पुस ९, २०८० सोमबार १९:४३, काठमाडौँ

नेपाल सुपर लिग (एनएसएल) को पहिलो क्वालिफायर अन्तर्गत पोखरा थन्डर्स र धनगढी एफसीबिचको खेल अतिरिक्त समयमा धकेलिएको छ।

त्रिपुरेश्वरस्थित दरशथ रगंशालामा निर्धारित ९० मिनेटमा खेल १–१ को बराबरी भएसँगै खेल अतिरिक्त समयमा धकेलिएको हो।

अतिरिक्त ३० मिनेटमा पनि बरात्ररी भए खेलको निर्णय टाइब्रेकरबाट लिइनेछ।

खेलको पहिलो हाफमा १–० ले पछि परेको धनगढीले दोस्रो हाफमा गोल फर्काउँदै खेललाई बराबरीमा ल्याएको थियो।

८२ औं मिनेटमा सुरज जिउ ठकुरीको फ्रिकीकमा जोइ आइडोको हेडर धनगढीका गोलरक्षक मोहम्मद ताहाले उत्कृष्ट बचाउ गरे।

७५ औं मिनेटमा धनगढीका कमल श्रेष्ठको फ्रिकीक प्रहार हेमन्त श्रेष्ठलाई लाग्दै बाहिरियो।

७२ औं मिनेटमा फ्याङ्क्लीन टालाले सिक्स यार्डबाट गरेको प्रहर आकाशियो। ६० औं मिनेटमा धनगढीका आशिष चौधरीकोे पासमा हिजाजीको हेडर क्रसबारको माथिबाट बाहिरियो।

त्यलगत्तै निशान लिम्बुको सर्ट कर्नरमा कमल श्रेष्ठको क्रसमा देवेन्द्र तामाङको प्रहार पोखराका गोलरक्षक प्रिसोले जोगाउने कुनै मेसो पाएनन्।

५४ औं मिनेटमा अहमद हिजाजीको प्रहार पोखराका गोलरक्षकले बचाए।

४७ औं मिनेटमा कमल श्रेष्ठको कर्नरमा फ्याद्वकलिन कुइटेलाले क्लीयर गरेको बलमा रिचार्ड ओसेसको प्रहार पोखराका दिनेश राजवंशीको हेडर हुँदै क्रसबारमा लाग्दै बाहिरिएको बललाई अफिज ओलावालको प्रहार गोलरक्षकले जोगाए।

खेलको पाँचौ मिनेटमा नै पोखराले धनगढीविरुद्ध सुरुआती अग्रता बनायो। मोसेस ग्याबाको कर्नरमा आयुष घलानले धनगढीका डिफेन्डर र गोलरक्षकलाई छलाउँदै सुन्दर गोल गरे।

२४ औं मिनेटमा अविशेक गुरुङको क्रसमा अहमद हिजाजीको हेडर नरेन्द्र चौधरीले क्लीयर गरे।

१९ औं मिनेटमा पोखराका आयुष घलानले दिएको लामो पासमा मोसेसको प्रहर सेकेण्डबार नजिकबाट बाहिरियो।

१६ औं मिनेटमा धनगडीका कमल श्रेष्ठको फ्रिकीक पोखराका डिफेन्डरले क्लीयर गरे।

आठौं मिनेटमा आयुष घलानले धनगढीका तिन गोलरक्षकलाई छलाउँदै दिएको ब्याक पासमा दिपेश आलेमगरको प्रहार धनगढीका गोलरक्षक मोहम्मद ताहाले बचाए।

यो खेलको विजेताले सिधै फाइनलमा स्थान बनाउनेछ। पराजित हुने टोलीले भने एलिमिनेटर खेलको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .