ad ad

खेल


पोखरा र धनगढीको खेलको निर्णय टाइब्रेकरमा

पोखरा र धनगढीको खेलको निर्णय टाइब्रेकरमा

नेपालखबर
पुस ९, २०८० सोमबार २०:१९, काठमाडौँ

नेपाल सुपर लिग (एनएसएल) मा पोखरा थन्डर्स र भनगढी एफसीबीचको खेलको निर्णय टाइब्रेकरबाट लिइनेछ।

निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटमा खेल २–२ को बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको हो।

थप समयको ३० औं मिनेटमा मोहम्मद हिजाजीको गोलमा धनगढीलाई २–२ को बराबरीमा ल्याए।

थप समयको १३ औं मिनेटमा पोखराले लगातार चौथो प्रयासमा गोल गर्न सफल भयो।

सुरज जिउ ठकुरीको फ्रिकीकमा दिनेश राजवंशीको हेडर धनगढीका गोलरक्षक मोहम्मद ताहाले जोगाए। त्यसकै रिवाउण्डमा पोखराका जोइ एइडोको प्रहार धनगढीका रिचार्डले क्लीयर गरे। त्यसकै रिवाउण्मा फ्याङलीन टालाको हेडरलाई स्टेफन कोजो पापा एनोरले पोष्टको दिशा दिए।

त्यसअघि निर्धारित ९० मिनेटमा १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।

खेलको पहिलो हाफमा १–० ले पछि परेको धनगढीले दोस्रो हाफमा गोल फर्काउँदै खेललाई बराबरीमा ल्याएको थियो।

खेलको ५४ औं मिनेटमा अहमद हिजाजीको प्रहार पोखराका गोलरक्षकले बचाए। त्यलगत्तै निशान लिम्बुको सर्ट कर्नरमा कमल श्रेष्ठको क्रसमा देवेन्द्र तामाङको प्रहार पोखराका गोलरक्षक प्रिसोले जोगाउने कुनै मेसो पाएनन्।

८२ औं मिनेटमा सुरज जिउ ठकुरीको फ्रिकीकमा जोइ आइडोको हेडर धनगढीका गोलरक्षक मोहम्मद ताहाले उत्कृष्ट बचाउ गरे।

७५ औं मिनेटमा धनगढीका कमल श्रेष्ठको फ्रिकीक प्रहार हेमन्त श्रेष्ठलाई लाग्दै बाहिरियो।

७२ औं मिनेटमा फ्याङ्क्लीन टालाले सिक्स यार्डबाट गरेको प्रहर आकाशियो। ६० औं मिनेटमा धनगढीका आशिष चौधरीकोे पासमा हिजाजीको हेडर क्रसबारको माथिबाट बाहिरियो।

४७ औं मिनेटमा कमल श्रेष्ठको कर्नरमा फ्याद्वकलिन कुइटेलाले क्लीयर गरेको बलमा रिचार्ड ओसेसको प्रहार पोखराका दिनेश राजवंशीको हेडर हुँदै क्रसबारमा लाग्दै बाहिरिएको बललाई अफिज ओलावालेको प्रहार गोलरक्षकले जोगाए।

पहिलो हाफको पाँचौ मिनेटमा नै पोखराले धनगढीविरुद्ध सुरुआती अग्रता बनाएको थियो। मोसेस ग्याबाको कर्नरमा आयुष घलानले धनगढीका डिफेन्डर र गोलरक्षकलाई छलाउँदै सुन्दर गोल गरे।

२४ औं मिनेटमा अविशेक गुरुङको क्रसमा अहमद हिजाजीको हेडर नरेन्द्र चौधरीले क्लीयर गरे।

१९ औं मिनेटमा पोखराका आयुष घलानले दिएको लामो पासमा मोसेसको प्रहर सेकेण्डबार नजिकबाट बाहिरियो।

१६ औं मिनेटमा धनगडीका कमल श्रेष्ठको फ्रिकीक पोखराका डिफेन्डरले क्लीयर गरे।

आठौं मिनेटमा आयुष घलानले धनगढीका तिन गोलरक्षकलाई छलाउँदै दिएको ब्याक पासमा दिपेश आलेमगरको प्रहार धनगढीका गोलरक्षक मोहम्मद ताहाले बचाए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .