ad ad

खेल


धनगढी दोस्रो पटक एनएसएलको फाइनलमा

धनगढी दोस्रो पटक एनएसएलको फाइनलमा

तस्बिर : सरोज नेपाल


नेपालखबर
पुस ९, २०८० सोमबार २०:३३, काठमाडौँ

टाइब्रेकरमा पोखरालाई हराउँदै साविक उपविजेता धनगढी एफसी लगातार दोस्रो पटक नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा पुगेको छ।

सोमबार भएको पहिलो क्वालिफायरमा पोखरालाई टाईब्रेकरमा ४–३ ले पराजित गर्दै धनगढी फाइनलमा पुगेको हो।

पराजित पोखराले अब दोस्रो क्वालिफायरमा एलिमिनेटर खेलको विजेतासँग पुनः फाइनल प्रवेशका लागि खेल्नेछ। एलिमिनेटरमा साविक विजेता काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी भोलि मंगलबार भिड्नेछन्।  

निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटमा खेल २–२ को बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको हो।

धनगढीका रिचार्ड आगेमाङ, फोडे फोफाना, आशिष चौधरी, देवेन्द्र तामाङले पेनाल्टीमा सहजै गोल गरे। अहम्मद हिजाजीको प्रहार पोखराका गोलरक्षकले सहजै बचाए।

पोखराका दिनेश राजवंशी, अन्जल महर्जन,सुरज जिउ ठकुरीले गोल गरे। मोसेस ग्याबा र आयुष घलान पेनाल्टीमा चुक्दा पोखरा सोझै फाइनलमा पुग्न असफल भयो।

थप समयको ३० औं मिनेटमा मोहम्मद हिजाजीको गोलमा धनगढीलाई २–२ को बराबरीमा ल्याए।

त्यसअघि थप समयको १३ औं मिनेटमा पोखराले लगातार चौथो प्रयासमा गोल गर्न सफल भयो।

सुरज जिउ ठकुरीको फ्रिकीकमा दिनेश राजवंशीको हेडर धनगढीका गोलरक्षक मोहम्मद ताहाले जोगाए। त्यसकै रिवाउण्डमा पोखराका जोइ एइडोको प्रहार धनगढीका रिचार्डले क्लीयर गरे। त्यसकै रिवाउण्मा फ्याङलीन टालाको हेडरलाई स्टेफन कोजो पापा एनोरले पोष्टको दिशा दिए।

त्यसअघि निर्धारित ९० मिनेटमा १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।

खेलको पहिलो हाफमा १–० ले पछि परेको धनगढीले दोस्रो हाफमा गोल फर्काउँदै खेललाई बराबरीमा ल्याएको थियो।

खेलको ५४ औं मिनेटमा अहमद हिजाजीको प्रहार पोखराका गोलरक्षकले बचाए। त्यलगत्तै निशान लिम्बुको सर्ट कर्नरमा कमल श्रेष्ठको क्रसमा देवेन्द्र तामाङको प्रहार पोखराका गोलरक्षक प्रिसोले जोगाउने कुनै मेसो पाएनन्।

८२ औं मिनेटमा सुरज जिउ ठकुरीको फ्रिकीकमा जोइ आइडोको हेडर धनगढीका गोलरक्षक मोहम्मद ताहाले उत्कृष्ट बचाउ गरे।

७५ औं मिनेटमा धनगढीका कमल श्रेष्ठको फ्रिकीक प्रहार हेमन्त श्रेष्ठलाई लाग्दै बाहिरियो।

७२ औं मिनेटमा फ्याङ्क्लीन टालाले सिक्स यार्डबाट गरेको प्रहर आकाशियो। ६० औं मिनेटमा धनगढीका आशिष चौधरीकोे पासमा हिजाजीको हेडर क्रसबारको माथिबाट बाहिरियो।

४७ औं मिनेटमा कमल श्रेष्ठको कर्नरमा फ्याद्वकलिन कुइटेलाले क्लीयर गरेको बलमा रिचार्ड ओसेसको प्रहार पोखराका दिनेश राजवंशीको हेडर हुँदै क्रसबारमा लाग्दै बाहिरिएको बललाई अफिज ओलावालृकाृ प्रहार गोलरक्षकले जोगाए।

पहिलो हाफको पाँचौ मिनेटमा नै पोखराले धनगढीविरुद्ध सुरुआती अग्रता बनाएको थियो। मोसेस ग्याबाको कर्नरमा आयुष घलानले धनगढीका डिफेन्डर र गोलरक्षकलाई छलाउँदै सुन्दर गोल गरे।

२४ औं मिनेटमा अविशेक गुरुङको क्रसमा अहमद हिजाजीको हेडर नरेन्द्र चौधरीले क्लीयर गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .