ad ad

खेल


बार्साका निर्देशकले खेलाडीले मिहिनेत नगरेको टिप्पणी गरेपछि मेस्सी रुष्ट

बार्साका निर्देशकले खेलाडीले मिहिनेत नगरेको टिप्पणी गरेपछि मेस्सी रुष्ट

नेपालखबर
माघ २२, २०७६ बुधबार ६:१९,

गत महिना अर्नेस्टो भेलभार्देलाई बार्साको कमजोर प्रदर्शनकाबीच बर्खास्त गरिएको थियो। उनको स्थानमा किके सेतिन बार्साको नयाँ प्रशिक्षक बनेका छन्।

आबिदाल पहिले मेस्सीका सहपाठी थिए। यतिबेला बार्साको निर्देशक हुन्। आबिदालले डाइरियो स्पोर्टसँगको अन्तर्वार्ताको क्रममा खेलाडीले भेलभार्देको प्रशिक्षणमा मिहिनेत नगरेको बताएपछि मेस्सीले कडा जवाफ फर्काएका हुन्।

‘खेलाडीको बारेमा कुरा गर्दा तपाइँले नाम तोकेर भन्न सक्नुपर्छ, नभए यो हल्लामात्र सावित हुन्छ।’ मेस्सीले भनेका छन्,‘भेलभार्दे बार्सिलोना ला लिगाको शीर्ष स्थानमा हुँदा बर्खास्त भएका थिए।’

आबिदालले भनेका थिए,‘भेलभार्देसँग कैयौं खेलाडीहरु असन्तुष्ट थिए, त्यहाँ आन्तरिक समस्या थियो। कति खेलाडी प्रशिक्षकसँग बोल्दैन थिए। त्यही भएर हामी भेलभार्देलाई बर्खास्त गर्ने निर्णयमा पुग्यौं’

मेस्सीले इन्स्टाग्राममा भनेका छन्,‘इमानदारीका साथ भन्नुपर्दा मलाई आबिदालले भनेको कुराहरु गर्न्ु मन पर्दैन म कहिल्यै अरुको नराम्रो सोच्दिन। मलाई लाग्छ उनी नै भेलभार्देको जागिरका लागि जिम्मेवार छन्।’

‘मलाई लाग्छ क्लबका प्रमुखहरु भेलभार्देको जागिर जानुमा जिम्मेवार छन् किन भने उनीहरुकै निर्णयमा भेलभार्दे बर्खास्त भएका हुन्।’ मेस्सीले भनेका छन्।

मेस्सीले टोलीको कप्तान भएको हिसाबले मैदानमा भएको सबै हार जितको जिम्मेवारी आफू लिन तयार भएको पनि बताएका छन्। बीबीसी स्पोर्ट्स

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .