नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत एलिमिनेटरको पहिलो हाफमा ललितपुर सिटी एफसीले काठमाडौ रेन्जर्सविरुद्ध अग्रता बनाएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालाको पहिलो हाफमा ललितपुरले काठमाडौंविरुद्ध २–० को अग्रता बनाएको छ।
पहिलो हाफको इन्ज्युरी समयमा इमोनको प्रहार सेकेण्डबारको नजिकबाट बाहिरिदा अग्रता बनाउने मौका गुमायो।
खेलको ४४ औं मिनेटमा ललितपुरले अग्रता दोब्बर पार्यो। निखिलको कर्नरका अनन्त तामाङो हेडर काठमाडौंका नियाले क्लीयर गरेपनि पापाको गोलमा ललितपुरले अग्रता दोब्बर पारे।
४३ औं मिनेटमा आदित्य शाक्यको क्रस काठमाडौका गोलरक्षक अन्जल श्रेष्ठले उत्कृष्ट बचाउ गरे।
३९ औं मिनेटमा काठमाडौंका सोखरुखको फ्रिकीक सिधै ललितपुरका गोलरक्षकको हातमा पुग्यो।
३७ औं मिनेटमा ललितपुरले काठमाडौं विरुद्ध अग्रता बनायो। पापा ओबोउको प्रहार काठमाडौंका डिफेन्डरले क्लीयर गर्न नसकेको बललाई इमोनले पोष्टको दिशा दिए।
२७ औं मिनेटमा नियाको फ्रिकीक ललितपुरका कप्तान अनन्त तामाङले क्लीयर गरे। २३ औं मिनेटमा निखिल सुरेशराओ कदमको फ्रिकीक काठमाडौंका आन्द्रस नियाले क्लीयर गरे।
खेलको ११ औं मिनेटमा इमोन इजेकिलको क्रसमा दिनेश हेन्जनको प्रहार पोष्टको नजिकबाट बाहिरिदा ललितपुरले आग्रता बनाउने मौका गुमायो।
भूलसुधार : यसै समाचारमा ललितुपर एफसीले अग्रता लिएको हुनुपर्नेमा अन्यथा भएकाले क्षमायाचनासहित सच्याइएको छ। -सम्पादक
Shares
प्रतिक्रिया