आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा जितनजिक पुगेका बेला दीपक बोहोरा आउट भएका छन्।
२७ रनको योगदान दिएको अवस्थामा बोहोरा फिर्दुन डावाडाजीबाट बोल्ड आउट भएका छन्। दीपकले चार चौकासहित २७ रनको योगदान दिए।
यसअघि कप्तानी इनिङ खेलेका देव खनाल ५८ रनमा आउट भएका थिए।
नेपाली टोलीबाट अफगानिस्तानविरुद्ध अर्धशतक बनाएका खनाल जितनजिक पुगेका बेला आउट भएका थिए।
लगातार विकेट गुमाएर दबाबमा परेको नेपाललाई चौथो क्रममा आएका खनालले उद्धार गर्दै लक्ष्यतर्फ अघि बढाएका थिए।
त्यससपछि आठौँ क्रमका दीपकले पनि नेपाली पारी उकास्न योगदान दिएका थिए।
303
Shares
प्रतिक्रिया