अस्ट्रेलियाले चौथोपटक अन्डर १९ विश्वकपको उपाधि जितेको छ।
आइतबार भएको फाइनलमा अस्ट्रेलियाले भारतलाई ७९ रनले पराजित गर्दै विश्वकपको उपाधि जितेको हो।
पहिले ब्याटिङमा उत्रिएका अस्ट्रेलियाका ब्याट्सम्यानले भारतलाई जितका लागि २५४ रनको लक्ष्य दिएको थियो ।
अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २५३ रन बनाएको थियो।
तर लक्ष्य पछ्याउने क्रममा भारतीय टोलीको प्रदर्शन त्यति बलियो भएन र भारतीय टोली ४३.५ ओभरमा ३.९६ रन रेटमा १७४ रनमा अलआउट भयो।
भारतका लागि आदर्श सिंह (४७) र मुरुगन अभिषेक (४२) ले सर्वाधिक रन बनाए।
मुशीर खानले २२ रनको योगदान दिए।
अस्ट्रेलियाले यसअघि सन् १९८८, २००२ र २०१० मा यू-१९ विश्वकप उपाधि जितेको थियो।
180
Shares
प्रतिक्रिया