ad ad

खेल


नेपालले गुमायो ७ विकेट, भीम सार्की ४४ रन बनाएर आउट

नेपालले गुमायो ७ विकेट, भीम सार्की ४४ रन बनाएर आउट

फाइल तस्बिर


नेपालखबर
फागुन ३, २०८० बिहिबार ११:३६, काठमाडौँ

 आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियासँग खेलिरहेको नेपालले ७ विकेट गुमाएको छ।

भीम सार्की ४४ सन बनाएर आउट भएका हुन्।

यसअघि सोमपाल कामी दुई रनमा आउट भएका थिए भने पाँचौँ विकेटका रुपमा नेपालले कुशल मल्ललाई गुमाएको थियो। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नामिबियाविरुद्धको खेलमा नेपालले कमजोर ब्याटिङ गरिरहेको छ। 

इनिङस्को पहिलो बलमा नै ओपनर कुशल भुर्तेल रोयल डक आउट भए। कुशल रुवेन ट्रम्पलम्यानको बलमा स्मिथको हातबाट पहिलो बलमा नै क्याच आउट भएका थिए। 

तेस्रो ओभरको पहिलो बलमा अनिल शाह ८ रनमा क्याच आउट भए। ६ बलमा २ चौका हान्दै ८ रन बनाएका अनिल रुवेन ट्रम्पलम्यानकै बलमा एलबीडब्लु धरापमा परे। 

ओपनर आशिफ चौथो ओभरको पाँचौँ बलमा ४ रन बनाउँदा क्याच आउट नै हुन पुगे। ११ बलमा १ चौका हानेका आशिफ ज्याब ब्रासेलको बलमा स्मिथ कै हातबाट क्याच आउट भएका हुन्। 

१० औँ ओभरको तेस्रो बलमा कप्तान रोहित पौडेल १ रनमा बोल्ड आउट भए। १३ बलमा १ रन बनाएका रोहित ज्याक ब्रसेलको बलमा बोल्ड आउट भए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .