ad ad

खेल


नेपालको दबाबमा नेदरल्यान्ड्स

नेपालको दबाबमा नेदरल्यान्ड्स

नेपालखबर
फागुन ५, २०८० शनिबार १०:१७, काठमाडौँ

आईसीसी विश्वकप लिग-२ अन्तर्गत घरेलु टोली नेपालले पावर प्लेमा नेदरल्यान्ड्सलाई दबाबमा राखेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको नेदरल्यान्ड्सले १० ओभरको समाप्तिमा २ विकेट गुमाएर २८ रन बनाएर खेलिरहेको छ।

अहिले क्रिजमा साइब्रान्ड एङगलडेब्रेच १३ र बास डे लिड ५ रनमा नटआउट छन्।

छैटौँ ओभरमा नै नेदरल्यान्ड्सले दुवै अ‍ोपनरलाई गुमाएको थियो। 

छैटौँ ओभरको अन्तिम बलमा ओपनर म्याक्स ओ डाउन १० रन बनाउँदा रन आउट भए।

त्यसअघि तीव्र गतिका बलर सोमपाल कामीले ओपनर माइकल लेभिटलाई पहिलो ओभरको तेस्रो बलमा शून्य रनमा देव खनालको हातबाट क्याच आउट गराए।

सिरिजको पहिलो खेलमा नामिबियासँग ४ विकेटले पराजित नेपाल दोस्रो खेलमा जितको खोजीमा छ। 

उता नेदरल्यान्ड्स भने पहिलो खेलमै जित निकाल्दै सिरिजमा सुखद सुरुवात गर्ने योजनामा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .