ad ad

खेल


म्यानचेस्टर सिटी चेल्सीसँग हारबाट जोगियो तर उपाधि दौडमा धक्का

म्यानचेस्टर सिटी चेल्सीसँग हारबाट जोगियो तर उपाधि दौडमा धक्का

नेपालखबर
फागुन ६, २०८० आइतबार ८:२६, काठमाडौँ

इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार भएको खेलमा अन्त्यतिर रोड्रिगोले गोल गरेपछि म्यानचेस्टर सिटी हारबाट जोगिएको छ।

घरेलु मैदानमा भएको प्रतिस्पर्धामा रोड्रिगोले ८३औँ मिनेटमा गोल फर्काएपछि सिटी चेल्सीलाई बराबरीमा रोक्न सफल भएको हो।  

यसअघि ४२औँ मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए। 

चेल्सीसँग १–१ को बराबरी भएसँगै सिटीले घरेलु मैदानमा अपराजित यात्रा कायम राखेको छ। तर उपाधि दौडमा केही धक्का लागेको छ।

उपाधि होडमा रहेका लिभरपुल र आर्सनलले जित दर्ता गर्दा सिटी भने अंक बाँड्न बाध्य भएको छ। शीर्षस्थानको लिभरपुलले २५ खेलबाट ५७ अंक जोडेको छ भने दोस्रो स्थानमा रहेको आर्सनलले बराबरी नै खेलबाट ५५ अंक बनाएको छ।  

एक खेल कम खेलेको सिटीसँग ५३ अंक छ भने चेल्सी ३५ अंकसहित दसौँ स्थानमा छ।

शनिबार नै भएका खेलमा लिभरपुलले ब्रेन्टफोर्डलाई ४–१ ले र आर्सनलले बर्नलीलाई ५–० ले हराएका छन्। फुलहमलाई १–० ले हराएर एस्टन भिल्ला ४९ अंकका साथ चौथो स्थानमा उक्लेको छ भने उल्भ्ससँग २–१ ले पराजित टोटनहम पाँचौँ स्थानमा झरेको छ।

नटिङ्घम फरेस्टले वेस्ट ह्यामलाई २–० ले हरायो भने न्युकासल युनाइटेड र बर्नमाउथले १–१ को बराबरी खेलेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .