बसिर अहमदको अर्धशतकमा क्यानडा-११ विरुद्ध नेपाल ए टोलीले जितका लागि २ सय १७ रनको लक्ष्य प्रस्तुत गरेको छ।
मूलपानी क्रिकेट मैदानमा क्यानडाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय १६ रनको योगफल तयार पारेको हो।
नेपालका लागि बसिर अहमदले अर्धशतक पूरा गरे। उनले ५५ बलमा १ छक्का ३ चौका प्रहार गर्दै अर्धशतक पूरा गरे।
रसिद खानले ४० रनको योगदान दिए। ६४ बलमा ५ चौका हाने।
ओपनर अर्जुन कुमाल र मयन यादवले पहिलो विकेटका लागि ४३ रनको साझेदारी गर्दै नेपाललाई उत्ृकष्ट सुरुवात दिलाएका थिए।
ओपनर मयन यादव ३६ रन बनाउँदै पेभेलियन फर्के। मयनले ५६ बलमा ४ चौका र १ छक्कासहित ३५ रन बनाउँदा हर्ष ठाकरले आउट गराए।
अर्जुन आठौं ओभरको पाँचौ बलमा क्यानडाका कप्तान साद बिन जफरबाट क्याच आउट भए। अर्जुनले १४ बलमा ४ रन बनाए।
विवेक यादवले २३ रन बनाउँदै आउट भए।
किरण ठगुन्नाले २५ रन थपे। सन्दीप जोरा १४ रन बनाउँदा पेभेलियन फर्के। कप्तान विनादे भण्डारी ५ रन बनाउँदा एलबीडब्लु धरापमा परे।
प्रतिश जिसी ४ रन बनाउँदा आउट भए।
क्यानडा ११ का लागि साद विन जफरले ३ विकेट लिए। शादविन जफरले २ विकेट आफ्नो नाममा गरे।
डिलोन हेलिगर, हर्स ठाकर र हाहिद अहमजदाईले समान १ विकेट लिए।
Shares
प्रतिक्रिया