इरानको बगदादमा हुने आर्चरीको एसिया कप २०२४ स्टेज–वानमा नेपालका तीन महिला खेलाडीले भाग लिने भएका छन्।
नेपाल ओलम्पिक कमिटीले आइतबार प्रतियोगितामा जाने खेलाडीको बिदाइ गरेको छ। प्रतियोगितामा अनुसका शेरचन, गंगा तुम्बापो र तुल्सी थापाले स्पर्धा गर्नेछन्।
टोलीको प्रशिक्षकमा दीपकराज गुरुङ छन्।
टोलीलाई एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले बिदाइ गरे। अध्यक्ष श्रेष्ठले खेलाडीलाई राम्रो प्रदर्शनका लागि शुभकामना व्यक्त गरे।
प्रतियोगिता मंगलबारदेखि सुरु भएर छ दिनसम्म चल्नेछ। विश्व वरीयताको प्रतियोगिता भएकाले यसलाई पेरिस अोलम्पिक्सको छनोटको तयारीमा रुपमा समेत लिइएको छ।
पेरिस ओलम्पिक्सका लागि जुलाईमा आर्चरीको छनोट हुनेछ।
24
Shares
प्रतिक्रिया