ad ad

खेल


क्यानडा-११ विरुद्ध दोस्रो खेलमा नेपाल एलाई जितका लागि २४१ रनको लक्ष्य

क्यानडा-११ विरुद्ध दोस्रो खेलमा नेपाल एलाई जितका लागि २४१ रनको लक्ष्य

नेपालखबर
फागुन ८, २०८० मंगलबार १३:१७, काठमाडौँ

श्रेयास मोभ्भको अर्धशतकमा आईसीसी विश्वकप लिग–२ को तयारीमा रहेको क्यानडा-११ को टोलीले जारी दोस्रो ओडीआई खेलमा जितका लागि नेपालको टोली एलाई २ सय ४१ रनको लक्ष्य दिएको छ। 

माथिल्लो मूलपानी क्रिकेट मैदानमा नेपाल ए टोलीका कप्तान सन्दीप जोराले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको क्यानडा-११, एक बलअगावै २ सय ४० रनमा अलआउट भयो। 

क्यानडा-११ का लागि श्रेयास मोभ्भा ६८ रन बनाउँदा क्याच आउट भए। ८२ बलमा ५ चौका हानेका श्रेयास अन्तिम ओभरको चौथो बलमा रसिद खानको बालमा बसिर अहमदको हातबाट क्याच आउट भए। 

पाँचौँ बलमा शाहिद अहमजाई २ रन बनाउँदा रन आउट भए। 

नवनित दलिवालले ४६ रन बनाए। विकेट किपर श्रीमन्था विजयरत्नेले ४१ र आरोन जोनसले ३६ रन थपे। डिलोन हेलिगरले १६ रन बनाए। 

नेपालका लागि साहब आलमले ३ विकेट लिए। शेर मल्ल र रसिद खानले समान २/२ विकेट आफ्नो नाममा गरे। सागर ढकाल र बसिर अहमदले समान एक/एक विकेट लिए। 

दोस्रो ओडीआई खेलमा कप्तान विनोद भण्डारी बेन्चमा हुँदा किपिङमा ओपनर अर्जुन कुमाल आएका छन्।

नेपालले पहिलो खेलको टोलीबाट आज दुई खेलाडी परिवर्तन गरेको छ। विनोद भण्डारी र प्रतिश जि.सी बेन्चमा छन्। उनीहरुको स्थानमा शेर मल्ल र रिजन ढकाल छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .