वाफ महिला च्याम्पियनसिपमा सिरियाविरुद्ध नेपाली राष्ट्रिय महिला फुटबल टोलीले अग्रता लिएको छ।
साउदी अरबको किङ अब्दुल्लाह स्पोर्टस् सिटीमा खेलको पहिलो हाफ जारी रहँदा नेपालले ३-० को अग्रता बनाएको हो।
नेपालका लागि अमिसा कार्की, अनिता बस्नेत र सावित्रा भण्डारीले समान एक/एक गोल गरेका छन्।
खेलको १० औँ मिनेटमा अमिसाले १८ यार्डबाट गरेको सशक्त प्रहार सिधै गोलमा परिणत भएको हो।
खेलको १२ औँ मिनेटमा अनिता बस्नेतको कर्नर प्रहार सिधै गोलमा परिणत भएपछि नेपालले २-० ले अग्रता बनाएको थियो।
खेलको १९ औँ मिनेटमा अमिसा कार्कीको क्रसमा सावित्रा भण्डारीको गोलमा नेपालले ३-० को अग्रता बनाएको छ।
1.2k
Shares
प्रतिक्रिया