ad ad

खेल


कप्तान रोहित पनि आउट

कप्तान रोहित पनि आउट

नेपालखबर
फागुन ९, २०८० बुधबार ११:८, काठमाडौँ

आईसीसी विश्वकप लिग-२ अन्तर्गत नामिबियाविरुद्ध जारी दोस्रो खेलमा कप्तान रोहित पौडेल पनि आउट भएका छन्। 

रोहित २४औँ ओभरको दोस्रो बलमा शून्य रनमै आउट भएका हुन्। ९ बलको सामना गरेका रोहित जान निकोल लिफ्टी एटोनको बलमा क्याच आउट भएका हुन्। 

त्यसअघि आशिफ शेख २०औँ ओभरको पाँचौँ बलमा ५८ रन बनाउँदा बेनार्ड स्कचको बलमा एलबीडब्लु धरापमा परे। आशिफले ६४ बलमा ८ चौका र १ छक्का हाने। 

आशिफले १७औँ ओभरको पाँचौँ बलमा छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन्। उनले ५५ बलमा ८ चौका र १ छक्का हाने।

ओडीआईमा आशिफको यो १२औँ अर्धशतक हो। आशिफ नेपालबाट धेरै अर्धशतक हान्ने एक्ला खेलाडी हुन्। 

आठौँ ओभरको अन्तिम बलमा देव खनाल शून्य रनमै आउट भए। देव ज्याक ब्रसेल्सको बलमा क्याच आउट भएका हुन्।

नेपालले सातौँ ओभरमा दुई विकेट गुमाएको थियो। ओपनर कुशल मल्ल सातौँ ओभरको दोस्रो बलमा कुशल १८ रन बनाउँदा बेनार्ड स्कचको बलमा एलबीडब्लु धरापमा परे। 

सोही ओभरको चौथो बलमा अनिल शाह पनि क्याच आउट भए। स्कचकै बलमा अनिल शून्य रनमै आउट भए।

किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको नेपालले २४ ओभरको समाप्तिमा ५ विकेटको क्षतिमा १ सय १३ रन बनाएर खेलिरहेको छ। 

क्रिजमा कुशल मल्ल ३३ भिम सार्की २ रनमा नटआउट छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .