नेपालले नामिबियाको पहिलो विकेट झारेको छ।
आईसीसी विश्वकप क्रिकेट लिग २ को दोस्रो खेलमा नेपालले दिएको १६९ रनको लक्ष्य पछ्याइरहेको नामिबियाले निकोलास डाभिनको विकेट गुमाएको हो।
दोस्रो ओभरको पाचौँ बलमा ओपनर निकोलस डेभिन ८ रन बनाउँदा रन आउट भए।
ओपनर जिन पिएर कोट्जे २ र माइकल भान लिंगेन शून्य रनमा नटआउट छन्।
घरेलु टोली नेपालले नामिबियासामु १ सय ६९ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ३७ ओभरमा १ सय ६८ रन बनाउँदा अलआउट भयो।
435
Shares
प्रतिक्रिया