ad ad

खेल


त्रिदेशीय शृंखलाको अन्तिम खेलमा आज नेदरल्यान्ड्ससँग भिड्दै नेपाल

त्रिदेशीय शृंखलाको अन्तिम खेलमा आज नेदरल्यान्ड्ससँग भिड्दै नेपाल

नेपालखबर
फागुन १३, २०८० आइतबार ७:४७, काठमाडौँ

आईसीसी लिग–२ अन्तर्गत त्रिदेशीय शृंखला (सिरिज) को अन्तिम खेलमा नेपाल आज  नेदरल्यान्ड्ससँग भिड्दै छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान साढे ९ बजे सुरु हुनेछ।

यसअघि खेलेका तीन खेलमा नेपाल एकमा विजयी भएको छ भने २ खेलमा पराजित भएको छ।  

नेपाल नामिबियासँग भएका दुवै प्रतिस्पर्धामा हार्‍यो भने नेदरल्यान्ड्सविरुद्ध ९ विकेटको सानदार जित हासिल गरेको थियो। समान खेल खलेको नेदरल्यान्ड्सले पनि एक खेल जितेको छ। 

नेपालविरुद्ध २ र नेदरल्यान्ड्सविरुद्ध एक खेल जितेको नामिबिया ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ भने एक÷एक जित हासिल गरेका नेपाल र नेदरल्यान्ड्स २÷२ अंकसहित दोस्रो र तेस्रो स्थानमा छन्।

आज हुने सिरिजको अन्तिम खेलमा यस्ता छन् नेपाल र नेदरल्यान्ड्सका टोलीः

नेपाल 
रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, अनिलकुमार साह, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ र देव खनाल।

नेदरल्यान्ड्स
स्कट एडवाड्र्स (कप्तान), म्याक्स ओडाउड, विक्रमजित सिंह, नोआह क्रस, शरिज अहमद, आर्यन दत्त, तेजा निडामानिरु, माइकल लेभिट, भिभियन किंग्मा, वेस्ली ब्यारेसी, स्याब्रान्ड एंगेलब्रेक्ट, रोलेफ भान डर मर्वे, बास डि लिडे, क्याइल केलिन, ओलिभर एलेनबास

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .