अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहितका १० जना पदाधिकारीले एन्फाका महासचिव किरण आफूहरुको राईले हस्ताक्षरको दुरुपयोग गरेको आरोप लगाएका छन्।
एन्फाको आज भएको साधारणसभामा वरिष्ठ उपाध्यक्ष खड्कासहितका पदाधिकारीले महासचिव राईले बहुमत सदस्यले विमती जनाएको विषयमा हस्ताक्षरको दुरुपयोग गर्दै निर्णय भएको भनेर प्रचार गरेको भन्दै आपती जनाएका हुन्।
वरिष्ठ उपाध्यक्ष खड्का, उपाध्यक्षहरु विराट जंग शाही र दीर्घबहादुर केसी, सदस्यहरु अनिल मल्ल, पेमा लामा, रवीन्द्र चन्द, मनिष जोशी, रुपेश अधिकारी, भोजबहादुर शाही र रमेश व्यन्जनकारले साधारणसभाको विषय सूचीमा आफूहरुको सहमति रहेको जनाएका छन्।
एन्फा महासचिव राईमाथि भ्रष्टाचारको आरोपमा यही फागुन ४ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत दर्ता भएको छ।
हेर्नुहोस् उपाध्यक्ष खड्कासहितका पदाधिकारीको पत्र
Shares
प्रतिक्रिया