ad ad

खेल


कोभिडका कारण रोकिएको ‘५के फन रन’ चैत ३ देखि

कोभिडका कारण रोकिएको ‘५के फन रन’ चैत ३ देखि

नेपालखबर
फागुन १४, २०८० सोमबार १६:१३, काठमाडौँ

कोभिड–१९ का कारण ३ वर्ष रोकिएको ५के फन रन कार्यक्रम आगामी चैत ३ गते हुने भएको छ।

हाइयर ग्राउन्ड नेपालले सोमबार पत्रकार सम्मेलन गर्दै ५के फन रन चैत ३ गते हुने जानकारी दिएको हो।

यस वर्षको फन रन कार्यक्रममा करिब १५०० भन्दा बढी सहभागी हुने अपेक्षा आयोजकले गरेको छ।

कार्यक्रमका गुडविल एम्बासेडरका रुपमा धावक रशिला तामाङ्ग छिन्।

सन् २०१५ बाट दौड यात्रा सुरु गरेकी रशिला तामाङ्ग अहिलेकी प्रसिद्ध ट्रेल रनर हुन्। रसिला सन् २०२३ मा ट्रेल मास्टर जित्ने पहिलो नेपाली पनि हुन्। 

रन फर कार्यक्रमले महिलाहरूको सशक्तिक्रणमा टेवा पुर्याउनुका साथै विपन्न वर्गको सहयोगका लागि कोष जुटाउने लक्ष्य राखेको छ।

कार्यक्रममा ५के दौडबाहेक एलिगेन्ट जुम्बा जोनद्वारा संचालित जुम्बा डान्स, बालबालिकाहरू खेल्ने ठाउँ, फेस पेन्टिङ लगायत महिला उद्यमीद्वारा सञ्चालित स्टलहरू हुनुका साथै ब्लाइन्ड रक्स संस्थाद्वारा सांगीतिक कन्सर्ट पनि हुनेछ। ग्रीनवे नेपालले दिगो बजार सञ्चालन गर्नेछ।

कार्यक्रममा सहभागी हुन ५ सय रुपैयाँ दर्ता शुल्क तोकिएको छ।

जसमा सहभागीहरूले टी–शर्ट, सहभागिता पदकका साथै खाजा प्राप्त गर्नेछन्।

सन् २०१५ देखि वार्षिक रूपमा हुन थालेको यस फन रन कार्यक्रममा विभिन्न पृष्ठभूमिका ३ हजार भन्दा बढी महिलासहित कुल ५ हजार भन्दा बढी सहभागी भैसकेका छन्।

फन रन कार्यक्रम चैत्र ३ गते शनिवार बिहान ७ बजे जावलाखेलस्थित सेन्ट जेभियर्स स्कुलको खेलकुद मैदानमा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .