जारी तीन खेलको दोस्रो टी–२० सिरिजमा आयरल्यान्ड ‘ए’ सँग नेपाल ‘ए’ ४० रनले पराजित भएको छ। शनिबार कीर्तिपुर क्रिकेट मैदानमा यो खेल जितेसँगै आयरल्यान्डले एक खेल अगावै सिरिज आफ्नो पोल्टामा पारेको छ।
२ सय २५ रनको लक्ष्य पछ्याएको नेपाल १७.५ ओभरमा १ सय ८४ रन बनाउँदा अलआउट भयो।
उत्कृष्ट सुरुवात भएको भएपनि खेलमा मध्यक्रम र तल्लोक्रमका ब्याटर चल्न नसक्दा नेपाल पराजित हुन पुगेको हो।
नेपालका लागि ओपनर लोकेश बम र देव खनालले ४७ रनको योगदान गरेका थिए।
दोस्रो विकेटका लागि देव र विनोदले ४६ रनको साझेदारी गरे। खनाल ४७ रनमा बोल्ड आउट भए। विनोदले २६ रनको योगदान गरे भने किरण ठगुन्ना ३ रनमै आउट भए।
पछिल्लो खेल २१ रनले जितेको वल्भ्स लगातार दोस्रो जितका साथ २–० को अग्रता लिन सफल भयो।
अन्तिम खेल सोमबार हुनेछ।
243
Shares
प्रतिक्रिया