ब्राइटनमाथि पुनरागमन जित निकाल्दै लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ।
गएराति भएको खेलमा ब्राइटनलाई २–१ ले पराजित गर्दै लिभरपुल शिर्ष स्थानमा उक्लेको हो।
खेलको दोस्रो मिनेटमा नै १–० ले पछि परेको लिभरपुलले पुनरागमन जित निकालेको हो।
सुरुवातको ८७ सेकेण्डमा नै ब्राइनटका ड्यानी वेलबेकको गोलमा लिभरपुल पछि परेको थियो।
खेलको २७ औँ मिनेटमा लुइस डियाजको गोलमा लिभरपुल बराबरीमा फर्किएको थियो। खेलको ६५ औँ मिनेटमा मोहम्मद सहालको गोलमा लिभरपुलले जित हात पारेको हो।
जितसँगै २९ खेलबाट ६७ अंक बनाएको लिभरपुल शीर्ष स्थानमा उक्लेको छ।
गएराति नै भएको म्यानचेष्टर सिटी र आर्सनलले गोलरहित बराबरी खेलेपछि लिभरपुललाई फाइदा पुगेको हो।
उपाधि दाबेदारको रुपमा हेरिएको सिटी र आर्सनलले गोलहित बराबरी खेले। बराबरीपछि समान खेलबाट ६५ अंक भएको आर्सनल अंक तालिकाको दोस्रो र ६४ अंक भएको सिटी तेस्रो स्थानमा छ।
Shares
प्रतिक्रिया