कप्तान लियोनल मेस्सीले विश्राम लिएको खेलमा इन्टर मियामी पराजित भएको छ।
उत्तर अमेरिकी (कोनकाकाफ) च्याम्पियन्स कपअन्तर्गत क्वार्टरफाइनलतर्फ पहिलो लेगमा इन्टर मियामीलाई मोन्टेरेले २-१ गोलले हराएको हो।
घरेलु मैदान चेस स्टेडियममा बिहीबार बिहान भएको खेलमा मियामी पराजित हुँदा कप्तान लियोनल मेस्सीलाई आराम दिइएको थियो।
मोन्टेरेलाई पहिलो लेगमा महत्त्वपूर्ण जित दिलाउँदा म्याक्सिमिलियानो मेजा र जर्ज रोड्रिगेजले १-१ गोल गर्न सफल भए।
पराजित मियामीकोतर्पबाट थोमस एभिल्सले १ गोल गरे। खेलक ११औँ मिनेटमा थोमसले मियामीलाई अग्रता दिलाएका थिए। तर मियामीले दोस्रो हाफमा उक्त अग्रतालाई जोगाउन सकेन।
खेलको ६७औँ मिनेटमा मेजाले गोल गरेपछि खेल बराबरीमा आइपुग्यो। त्यसपछि खेलको अन्तिम मिनेटमा जर्जले गोल गर्दै पहिलो लेगमा २–१ को जित दिलाए।
60
Shares
प्रतिक्रिया