एसएमएस फ्रेन्डसिप कप त्रिकोणात्मक सिरिजको आफ्नो चौथो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (बुधबार) पुनः बरोडासँग खेल्दैछ।
गुजरातको वापीस्थित साइ मेघपान स्पोर्टस् लाइफ मैदानमा हुने खेल मध्यानह सवा १२ बजे सुरु हुनेछ।
लगातार तीन खेलमा जित निकाल्दै फाइनलमा पुगिसकेको नेपाल आफ्नो अपराजित यात्रालाई कायम राख्न चाहन्छ।
नेपालले पहिलो खेलमा बरोडालाई २७ रनले हराएको थियो। बरोडा आजको खेलमा भने नेपालसँग त्यो हारको बदला लिन चाहन्छ।
नेपालले गुजरातलाई भने पहिलो खेलमा ८ विकेटले तथा दोस्रो खेलमा ७ रनले पराजित गरेको थियो।
12
Shares
प्रतिक्रिया