भारतमा जारी एसएमएस फ्रेन्डसिप कप टी–२० प्रतियोगिताको उपाधिका लागि नेपाल आज (आइतबार) गुजरात क्रिकेट एसोसियसनको टिमसँग भिड्दै छ।
खेल दिउँसो दिउँसो १ः१५ देखि सुरु हुनेछ।
नेपाल लिग चरण विजेता र गुजरात उपविजेताका रूपमा फाइनलमा पुगेका हुन्। नेपालले लिग चरणमा गुजरातलाई दुवै खेल तथा बरोडालाई एक खेलमा हराएको थियो।
नेपालले उद्घाटन खेलमा गुजरातलाई ८ विकेट र दोस्रो खेलमा बरोडालाई २७ रनले हरायो। तेस्रो खेलमा गुजरातलाई ८ रनले हराएको नेपाल चौथो खेलमा भने बरोडासँग ३७ रनले पराजित भयो।
51
Shares
प्रतिक्रिया