कर्णाली हाफ म्याराथन वैशाख अन्तिम साता हुने भएको छ।
रेस नेपालको आयोजना तथां क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा हुने हाफ म्याराथन बैशाख २९ गते हुनेछ।
रेस नेपालले मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै दशौं बृहत राष्ट्रिय खेलकुदलाई प्रवर्द्धन गर्ने उद्देश्यले हाफ म्याराथन सुरु गर्न लागेको बताए।
कर्णाली हाफ म्याराथनमा २१.०९७५ किमी पुरुष तथा महिला, ५ किलोमिटर स्कुल स्तरीय छात्र एवं छात्रा दौड, ५ किलोमिटर ह्वीलचेयर, ५ किलोमिटर कर्पोरेट रन र ४२१.९५ मिटर किड्स रन समावेश गरिएको छ। म्याराथनका क्रममा खेलकुदसँग शिक्षा, स्वास्थ्य र पर्यटनको सम्बन्धका बिषयमा छलफल समेत गरिनेछ।
विगत नौ वर्षदेखि नेपालगन्ज म्याराथन आयोजना एवं व्यवस्थापन गर्दै आएको क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टले दौड संस्कृतिको प्रवद्र्धन गर्दै प्रतिभाशाली खेलाडी खोज अभियान अन्तर्गत कर्णाली हाफ म्याराथन गर्न लागेको रेस नेपालका अध्यक्ष टिएस ठकुरीले जानकारी दिए।
धारा नेपालगन्ज म्याराथनले आफ्नो यात्राको एक दशक पूरा हुने पुर्व सन्ध्यामा दौडसम्बन्धि विविध नयाँ सोंच र कार्यक्रम तयारी गरेको छ। आफनो भगिनी दौड प्रतियोगिताका रुपमा विभिन्न दूरीका अलगअलग दौड प्रतियोगिता सुरुवात गर्ने क्रममा कर्णाली हाफ म्याराथन हुन लागेको अध्यक्ष ठकुरीले बताए।
यसलाई क्रमशः अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियामा अघि बढाउने र कर्णाली म्याराथनलाई विश्व म्याराथनको छातामुनि लैजाने पनि रेस नेपालले तयारी गरेको छ।
कर्णाली प्रदेश खेलकुद विकास परिषदसँगको आर्थिक सहयोग साझेदारी तथा अन्य स्थानीय पालिका एवं नीजि क्षेत्रको सहयोगमा कर्णाली हाफ म्याराथन हुन लागेको हो।
Shares
प्रतिक्रिया