युरोपेली च्याम्पियन्स लिगको क्वार्टरफाइनल अन्तर्गत पहिलो लेगमा उपाधि दाबेदार रियल मड्रिड र म्यानचेस्टर सिटीले बराबरी खेलेका छन्।
मंगलबार राति रियलको घरेलु मैदानमा भएको खेल ३–३ को बराबरीमा टुङ्गीएको हाे।
खेलको दोस्रो मिनेटमा नै बर्नार्डो सिल्भाले २५ यार्डबाट हानेको फ्रीकीक सिधै गोलमा परिणत भएपछि सिटीले सुरुवाती अग्रता बनायो।
खेलको १२औं मिनेटमा उपहार गोलबाट रियलले खेलमा बराबरीमा आयो। एडुवार्डो कामाभिंगाको लामो प्रहार सिटीका डिफेन्डर रुबेनन डायासलाई लाग्दै डिफ्लेक्ट भएको बल सिटीका गोलरक्षक स्टेफन ओर्टेगाले रोक्नै कुनै मौका नै पाएनन्।
त्यसको २ मिनेटमा नै रियलले अग्रत बनायो। भिनिसियस जुनियरको थ्रु पासमा रोड्रीगोले सुन्दर गोल गोल गर्दै अग्रता बनाए।
खेलको ६६ औँ मिनेटमा फिल फोडेनको गोलमा सिटी बराबरी गर्दै खेलमा फर्कियो। खेलको ७१ औँ मिनेटमा डिफेन्डर जोस्को ग्वार्डिओलको गोलमा रियलविरुद्ध सिटीले फेरि अग्रता बनायो।
तर ७९ औँ मिनेटमा भिनिसियस जुनियरको क्रसमा फेडेरिको भालभर्डेको गोलमा रियलले रोमाञ्चक बराबरी गर्यो।
त्यसपछि खेलमा थप गोल हुन नसक्दा खेल ३–३ को बराबरीमा सकियो।
अब क्वार्टरफाइनलको दोस्रो लेग १७ अप्रिलमा इत्तिहाद स्टेडियममा हुनेछ। यो स्टेडियममा गत सिजनको सेमिफाइनलमा सिटीले रियललाई ४–० को अन्तरले हराएको थियो।
Shares
प्रतिक्रिया