युरोपियन च्याम्पियन्स लिग अन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा आर्सनल र बायर्न म्युनिखले बराबरी खेलेका छन्।
मंगलरबार राति आर्सनको घरेलु मैदान इमिरेट्समा भएको पहिलो लेगमा आर्सनल र बायर्नले २–२ गोलको बराबरी खेलेका हुन्।
खेलको १२ औँ मिनेटमा बुकायो साकाको गोलमा आर्सनलले सुरुवाती अग्रता बनाएको थियो। तर १८ औ मिनेटमा सर्जी ग्नाब्रीको गोलमा बार्यन बराबरीमा आएको थियो।
पहिलो हाफको ३२ औँ मिनेटमा ह्यारी केनले पेनाल्टीमा गोल गर्दै बायर्नलाई अग्रता दिलाए। केनले आर्सनलका लागि २० खेलमा १५ औँ गोल गरेका हुन्।
पहिलो हाफमा नाएको अग्रता बायर्नले दोस्रो हाफमा जोगाउन सकेन। खेलको ७६ औँ मिनेटमा लियान्ड्रो ट्रोसार्डको गोलमा आर्सनल बराबरीमा आएको थियो। त्यसपछि थप गोल हुन नसक्दा खेल बराबरी मै टुङ्गीयो।
क्वार्टरफाइनलको दोस्रो लेग बायर्नको घरेलु मैदान म्युनिखमा १७ अप्रिलमा हुनेछ।
Shares
प्रतिक्रिया