ओमानको अल अमिरत क्रिकेट ग्राउन्डमा जारी एसीसी प्रिमियर कपमा कतारविरुद्ध नेपालका आसिफ शेखले अर्धशतक पूरा गरेका छन्।
ओपनर ब्याटर उनले ४१ बलमा ५४ रन बनाएर आउट भए।
उनको अर्धशतक मद्दतमा नेपालले १५.५ ओभरको खेलमा १ सय ३६ रन बनाएर खेलिरहेको छ।
अर्का ओपनर कुशल भुर्तेलले १२ रन बनाएर सुरुमै आट भएका थिए। त्यस्तै, कप्तान रोहित पौडेल १८ रनमै आउट भए।
कुशल मल्ल भने ३५ रन बनाएर आउट भए। सन्दीप जोरा ६ बलमा ७ रन बनाएर आउट भए।
अहिले क्रिजमा दीपेन्द्रसिंह ऐरी र गुल्सन झा छन्।
120
Shares
प्रतिक्रिया