एसीसी प्रिमियर लिग अन्तर्गत जारी खेलमा कतारविरुद्ध नेपाललाई तेस्रो सफलता मिलेको छ।
नेपालका लागि गुल्सन झाले मोहम्मह इर्शदको विकेट लिँदै तेस्रो सफलता दिलाएका हुन्।
नेपालले ८.५ ओभरको खेल जारी रहँदा ४ विकेट लिएको छ। कतार ७६ रन बनाएर खेलिरहेको छ।
यसअघि अललराउन्डर दीपेन्द्रसिंह ऐरीले दोस्रो विकेट लिएका हुन्। उनले कतारका मोहम्मह अन्नाफलाई आउट गरेका हुन्।
ओमानको अल अमिरत क्रिकेट ग्राउन्डमा जारी एसीसी प्रिमियर कपमा बलर ललित राजवंशीले पहिलो विकेट लिएका थिए।
दोस्रो ओभर बलिङ गर्न मैदान छिरेका उनले पहिलो बलमै विकेट लिएका थिए।
कतारका ओपनर सकलेन अर्शदलाई उनले विवेक यादवको हातबाट क्याचआउट गरे।
खेलमा नेपालले २ सय ११ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। ऐरीको विस्फोटक ब्याटिङमा ७ विकेट गुमाउँदै नेपालले सो लक्ष्य प्रस्तुत गरेको हो।
उनले एकै ओभमार ६ छक्का हिर्काएका थिए।
Shares
प्रतिक्रिया