काठमाडौंमा जारी वीर गणेशमान सिंह कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको तेस्रो दिन लुम्बिनी प्रदेश र गण्डकी प्रदेशले जित निकालेका छन्।
बिहीबार भएको खेलमा लुम्बिनीले दोस्रो तथा गण्डकी प्रदेशले पहिलो जित दर्ता गरेका हुन्।
आजको पहिलो खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ७ विकेटले पराजित गरेको हो।
कर्णालीले दिएको ८२ रनको लक्ष्य लुम्बिनी प्रदेशले १२.२ ओभरका ३ विकेटको क्षतिमा भेट्टायो।
लुम्बिनीको जितमा प्लेयर अफ दि म्याच समेत बनेका कप्तान देव खनालले ५१ रनको अविजित पारी खेले।
त्यसअघि मुलपानी मैदानमा टस जितेर ब्याटिङ गरेको कर्णाली प्रदेशले १६.४ ओभरमा १ रन बनाउँदा अलआउट भयो। कर्णालीका अर्जुन घर्तिले बनाएको २ रन नै सर्वाधिक भयो।
आजै भएको दोस्रो खेलमा मधेश प्रदेशलाई ८ विकेटले पराजित गर्दै गण्डकी प्रदेशले पहिलो जित निकालेको छ।
मधेश प्रदेशले दिएको १ सय ३ रनको लक्ष्य गण्डकीले १६.३ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो।
गण्डकीका लागि अर्जुन कुमाल अविजित ४९ रनमा नटआउट रहे। इश्वर क्षेत्रीले ३२ रन थपे। खेलको प्लेयर अफ दि म्याच गण्डकी प्रदेशका कप्तान बिपिन खत्री बने।
त्यसअघि मुलपानी मैदानमा टस जितेर ब्याटिङ गरेको मधेश प्रदेशले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १०२ रनको योगफल तयार पारेको थियो। मधेशका लागि विशाल सुश्लिंगले २४ तथा विशाल पटेलले २२ रन बनाए। मयन यादवले १८ तथा प्रदीप पासवानले १४ रन थपे।
गण्डकीका कप्तान विपिन खत्रीले सर्वाधिक ४ विकेट झारे। सुवाष भण्डारीको नाममा २ विकेट रह्यो।
प्रतियोगिातमा शुक्रबार बागमती प्रदेश र कोशी प्रदेश तथा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश खेल्नेछन्।
Shares
प्रतिक्रिया