ad ad

खेल


नेमार–बार्साबीचको सम्झौता रणनीतिक विषय

नेमार–बार्साबीचको सम्झौता रणनीतिक विषय

नेपालखबर
असार १६, २०७६ सोमबार १२:२८,

नेमारलाई ल्याउने विषयमा दुवै क्लबबीच छलफल भइरहेको छ। यो निर्णय टुंग्याउन लामो समय लाग्नसक्छ।

तर नेमार बार्सा फर्किने हल्ला चलिरहँदा बार्साका समर्थकहरु रुष्ट समेत भएका छन्। किनभने नेमारले सन् २०१७ मा बार्सिलोना विना कारण छाडेका थिए।

क्याटलोनियामा केही मात्रामा नेमारको विरोध समेत भएको छ। यद्यपी बार्सिलोनालाई यो थाहा छ कि नेमार बार्सा फर्किए बार्सिलोनाको आर्थिक अवस्थामा सुधार आउनेछ।

मार्काका अनुसार नेमारको इन्स्टाग्राममा १२१ मिलियनभन्दा बढी फलोवर छन्। नेमारले ३० भन्दाबढी चर्चित ब्राण्डसँग सम्झौता गरेका छन्।

यस्तो अवस्थामा नेमार बार्सा आए। क्लबले जर्सी बेचेरै मात्र पनि आर्थिक लाभ लिनसक्छ।

यति मात्र नभएर नेमारको क्रेजका कारण टिकटको विक्रिदेखि, बार्साले टेलिभिजन अधिकार बेचेर, ठूला–ठूला प्रायोजक क्लबमा भित्र्याएर आर्थिक लाभ लिनसक्छ।

हाल बार्साले नेमारलाई अनुबन्ध गर्ने विषय रणनीतिक तवरबाट हेरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .