ad ad

खेल


चौथो दिदीबहिनी कपः एपीएफ सेमिफाइनलमा

चौथो दिदीबहिनी कपः एपीएफ सेमिफाइनलमा

नेपालखबर
फागुन ७, २०७६ बुधबार १३:४१,

चौथो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब र एपीएफ क्लबले विजयी सुरुवात गरेका छन्।

१३औं गण्डकी प्रदेशस्तरीय महिला महोत्सवको अवसरमा आयोजित प्रतियोगितामा एपीएफ पहिलो जितमा नै समूह ए बाट बिजेताको रुपमा सेमिफाइनलमा पुगेको हो।

पर्वतमा भएको उद्घाटन खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबमाथी ३–२ को कठिन जित निकाल्यो। एपीएफले आर्मीमाथि २१–२५, २५–१७, १९–२५, २५–९ र १५–१० ले स्तब्ध बनायो। आजको खेल गुमाएपनि आर्मी उपबिजेताको रुपमा समूह ए बाट सेमिफाईनलमा स्थान बनाएको छ।

आजै भएको अर्को खेलमा पुलिसले न्यु डायमण्डलाई २५–२२, २५–२१ र २५–१७ को सोझो सेटमा हराएको छ। पुलिससँग पराजय भएको होङग्वान्जी न्यु डायमण्डले पहिलो खेलमा आयोजक दिदिबहिनीमाथी २५–३, २५–२ र २५–६ ले हराएको थियो।

आयोजकको टोलीले बिहिवार पुलिस क्लवसँग खेल्नेछ। बिहीवार नै दुवै सेमिफाईनलका खेलहरु हुनेछन्। प्रतियोगिताको विजेताले २ लाख तथा उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछ। तेस्रो हुनेले ५० हजार रुपैयाँ पाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .