ad ad

कारोबार


कोरोनाको प्रकोपपछि ठप्प चिनियाँ उद्योगधन्दा खुल्न थाले

कोरोनाको प्रकोपपछि ठप्प चिनियाँ उद्योगधन्दा खुल्न थाले

नेपालखबर
फागुन ७, २०७६ बुधबार १३:५९,

कोरोना भाइरसको प्रकोपपछि ठप्प रहेका चिनियाँ उद्योगहरु खुल्न थालेका छन्। समुद्री किनारमा रहेका ठूला उत्पादनका केन्द्रहरुले उद्योग सञ्चालनका लागि मानिसको आवतजावतमा लगाइएका प्रतिबन्ध फुकुवा गर्न थालेका छन्।

भाइरस फैलिन नदिन सरकारले चिनियाँ नयाँ वर्षको छुट्टी लम्ब्याएको थियो।

कतिपय स्थानमा क्वारेन्टाइन राखिएका थिए। नागरिकहरुलाई आवतजावत कम गर्न भनिएको थियो। जसका कारण कामदार अभावमा औद्योगिक क्षेत्रको उत्पादन ठप्प भएको थियो। कतिपय उद्योगले कच्चा पदार्थ जुटाउन सकेका थिएनन्।

गुआङदोङ प्रान्तको फोसान सहरमा मंगलबारदेखि औद्योगिक उत्पादन सुरु गर्न अनुमति नचाहिने भएको छ। नजिकैको झोङसान सहरले पनि सोमबारबाट कडाइ घटाएको थियो। त्यस्तै झेजियाङ प्रान्तको हाङजाउ र निङबो सहरमा पनि त्यस्तै उपाय अपनाइएको छ।

केही उद्योगहरुले गाउँबाट आफ्ना कामदार ल्याउन लामो दूरीका बस समेत पठाएका छन्।

चीनको उत्पादन गतिविधि फेब्रुअरीको अन्त्यसम्ममा ८० प्रतिशत पुग्ने अनुमान गरिएको छ।

प्रकोपले चीनको अर्थतन्त्रलाई केही हदसम्म धक्का पु¥याउने बताइएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .