ad ad

खेल


माछापुच्छ्रे कर्पोरेट सुपर सिक्सेसको उपाधि कामना सेवालाई

माछापुच्छ्रे कर्पोरेट सुपर सिक्सेसको उपाधि कामना सेवालाई

नेपालखबर
फागुन ७, २०७६ बुधबार १४:४४,

माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स सिजन सिक्सको उपाधि कामना सेवा विकास बैंकले जितेको छ। शनिबारदेखि काठमाडौँको कीर्तिपूर स्थित अन्तर्राष्ट्रिय रंगशालामा जारी माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स सिजन सिक्स अन्र्तगत बुधबार भएको फाईनल खेलमा भारतीय राजदूतावासलाई ८ रनले हराउँदै कामना सेवा विकास बैंकले उपाधि जितेको हो।

फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै कामना सेवा विकास बैंकले दिएको ६३ रनको लक्ष्य पछ्याउने क्रममा भारतीय राजदूतावासले पुरा ५ ओभर ब्याटिङ गर्दै ५४ रन मात्र बनाउन सक्यो।
भारतीय राजदूतावासको लागि सुभास सिंहले २८ तथा निरज कुमार सिंहले ११ रन बनाए। कामना सेवा विकास बैंकको बलिङमा हेमन्त श्रीवास्तव, केशव गिरि र घनश्याम ढुंगेलले समान एक/एक विकेट लिए।

यस अघि कामना सेवा विकास बैंकले ५ ओभर ब्याटिङ गर्दै ५ विकेट गुमाएर ६२ रन बनाएको थियो। कामनाको लागि हेमन्त श्रीवास्तवले सर्वाधिक ३३ रन बनाए जुन क्रममा १७ बलमा ५ चौका र १ छक्का प्रहार गरे। सुरेश उप्रेतीले १३ रन बनाए। भारतीय राजदूतावासका बलर निरज सिंहले १ विकेट लिए।

यस अघि सम्पन्न पहिलो सेमीफाइनलमा भारतीय राजदूतावासले एनसेल ‘ए’ लाई १९ रनले पराजित गरेको थियो। यस्तै कामना सेवा विकास बैंकले सिभिल बैंकलाई १५ रनले पराजित गरेको थियो।
फाइनल खेलको प्लेयर अफ द म्याच कामना सेवा विकास बैंकका हेमन्त श्रीवास्तव चुनिए।

प्रतियोगिताको उत्कृस्ट खेलाडी कामना सेवा विकास बैंकका हेमन्त श्रीवास्तव चुनिए जसले प्रतियोगिताभर कुल २ सय ५ रन बनाउनुको साथै ४ विकेट लिए। यस्तै, उत्कृस्ट बलर प्राइम कमर्सियल बैंकका विवेक दली चुनिए। उत्कृस्ट ब्याट्सम्यान सेन्चुरी बैंकका सुरज तिमिल्सिना चुनिए। उत्कृस्ट किपर भारतीय राजदूतावासका राजेश चौधरी तथा उत्कृस्ट फिल्डर प्राइम कमर्सियल बैंकका बिबेक दली चुनिए। फेयर प्ले अवार्ड नेपाल राष्ट्र बैंकले प्राप्त गर्यो। प्रतियोगिताकै सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी सेन्चुरी बैंकका सुरज तिमिल्सिना रहे।

विजेता टिम र उत्कृस्ट खेलाडीहरुलाई पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, माछापुच्छ्रे बैंकका सीइओ सुमन शर्माले पुरस्कार प्रदान गरे।

प्रतियोगितामा कुल २३ टिमको सहभागिता रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .