फ्रेन्च कपको फाइनल खेल्दै केलियन एमबाप्पेले पेरिस सेन्ट जर्मेन (पीएसजी) मा आफ्नो करिअरको अन्त्य गरेका छन्।
शनिबार राति लिलेको स्टेड पियरे-माउरोयमा भएको फ्रेन्च कपको फाइनलमा ओलम्पिक लियोनविरुद्ध २-१ को जित दर्ता गर्दा पीएसजीका लागि एमबाप्पेको अन्तिम खेल थियो।
२५ वर्षीय एमबाप्पे पीएसजी छाडेर रियल मड्रिड जाने चर्चा छ।
सन् २०१७ मा मोनाको छाड्दै पीएसजी आएका एमबाप्पेले ३ सय ८ खेलमा २ सय ५६ गोल गरेका छन्।
पीएसजीका लागि सर्वाधिक गोलकर्तासमेत रहेका एमबाप्पेले पीएसजीका लागि ६ लिग वान, चार फ्रेन्च कप र दुई लिग कप उपाधि दिलाएका छन्।
2.2k
Shares
प्रतिक्रिया