ad ad

खेल


आईसीसी टी-२० विश्वकप: अस्ट्रेलियासँग इंग्ल्यान्ड पराजित

आईसीसी टी-२० विश्वकप: अस्ट्रेलियासँग इंग्ल्यान्ड पराजित

नेपालखबर
जेठ २७, २०८१ आइतबार ८:३७, काठमाडौँ

अस्ट्रेलियाले आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत समूह ‘बी’को खेलमा इंग्ल्यान्ड लाई ३६ रनले पराजित गरेको छ।

बार्बाडसमा गएराति सम्पन्न खेलमा पहिले ब्याटीङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै दुई सय एक रनको योगफल बनाएको थियो।

अस्ट्रेलियाका लागि डेविड वार्नरले सर्वाधिक ३९ रनको योगदान दिए । उनले १६ बलमा दुई चौका र चार छक्कासहित ३९ रन जोडेका हुन्।

त्यस्तै  ट्राभिस हेडले ३४ रन बनाए । उनले १८ बलमा दुई चौका र तीन छक्काको सहयोगमा ३४ रन बनाएका हुन् । कप्तान मिचेल मार्सले २५ बलमा दुई चौका र दुई छक्काको सहयोगमा ३५ रन बनाए । ग्लेन म्याक्सवेले २८ तथा मार्कस स्टोइनिसले ३० रन बनाए।

इङ्ल्याण्डका क्रिस जोर्डनले दुई विकेट लिए । दुई सय दुई रनको विजयी लक्ष्य पछाएको इङ्ल्यान्ड २० ओभरमा छ विकेट गुमाउँदै एक सय ६५ रनमा समेटीयो। इङ्ल्यान्डका लागि कप्तान जोस बटलरले २८ बलमा  पाँच चौका र दुई छक्काको सहयोगमा सर्वाधिक ४२ रनको योगदान दिए। 

त्यस्तै फिल साल्टले ३७ रन जोडे  । उनले २३ बलमा चार चौका र दुई छक्का प्रहार गरे । मोइन अलीले २५, ह्यारी ब्रुकले २०, लियाम लिभिङ्गस्टोनले १५, विल ज्याक्सले १० तथा जोनी बेयरस्टो सात रन बनाए।

अस्ट्रेलियाका प्याट कमिन्स र एडम जाम्पाले समान दुई–दुई विकेट लिए । यससँगै अस्ट्रेलियाले दुई खेलमा चार अङ्क जोडेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .