ad ad

खेल


दक्षिण अफ्रिकासँग नेदरल्यान्ड्स पराजित

दक्षिण अफ्रिकासँग नेदरल्यान्ड्स पराजित

नेपालखबर
जेठ २७, २०८१ आइतबार ८:४५, काठमाडौँ

दक्षिण अफ्रिकासँग पराजित हुँदै नेदरल्यान्ड्सले आईसीसी टी–२० विश्वकपमा पहिलो हार व्यहोरेको छ। 

शनिबार भएको खेलमा नेदरल्याण्ड्सलाई ४ विकेटले पराजित गर्दै दक्षिण अफ्रिकाले लगातार दोस्रो जित निकालेको हो। नेदरल्यान्डस्ले भने विश्वकपमा पहिलो हार व्यहोरेको हो।

नेदरल्यान्डस्ले दिएको १ सय ४ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले १८.५ ओभरमा ६ विकेटको क्षतिमा गुमायो। 

दक्षिण अफ्रिका एक समय ४.३ ओभरमा १२–४ को दयनिय अवस्थामा थियो। डेभिड मिलर र ट्रिस्टन स्टब्सले दक्षिण अफ्रिकालाई जिततर्फ उन्मुख गरेका थिए। 

मिलरले ५९ रनमान नटआउट रहे। उनले ५१ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। स्टब्स ३७ बलमा ३३ रनमा आउट भए। 

अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन्।  नेदरल्यान्ड्सका लागि भिभियन किङ्मा र लोगान भान बिककले समान २ विकेट लिए। बास डी लिड्सले १ विकेट लिए। 

त्यसअघि न्युयोर्ककको नसाउ काउन्टी इन्टरनेशनल क्रिकेट स्टेडियममा दक्षिण अफ्रिकाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३ रनको योगफल तयार पारेको थियो। 

साइब्रान्ड एंगलब्रेक्टले ४० रन बनाए। उनले ४५ बलमा २ चौका र १ छक्का हाने। भान बिकले २३ र विक्रमजीत सिंहले १२ र स्कट एडवड्र्सले १० रन बनाए। 

दक्षिण अफ्रिकाका लागि ओटनियल बारर्टम्यानले ४ विकेट लिए। मार्को जेन्सेन र एन्रिच नोर्टजेले समान २ विकेट लिए। 

समूह डी मा रहेको दक्षिण अफ्रिकाले २ खेलबाट ४ अंक बनाउँदै अंक तालिकाको शीर्ष स्थानमा छ। बंगलादेशको एक खेलबाट २ अंक छ। नेदरल्याण्ड्सको २ खेलबाट २ अंक छ। नेपाल र श्रीलंका भने अंकविहिन छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .